ताजा खबर

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा किसमकुमारी गुरुङ

   १९ भाद्र २०७९, आईतवार १५:३७      534 views


गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा संघको शनिबार सम्पन्न नवौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।

अधिवेशनले निवर्तमान अध्यक्ष रामबहादुर गुरुङ, प्रथम उपाध्यक्षमा सुर्य घले, द्धितिय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुल गुरुङ, सचिवमा गंगा घले, कोषाध्यक्षमा भुपाल गुरुङ तथा सह–कोषाध्यक्षमा मिलन गुरुङलाई चयन गरेको छ ।


यस्तै कार्यसमिति सदस्यहरुमा विष्णु गुरुङ (एकता), राजु गुरुङ, कन्याप्रसाद गुरुङ, जगनराज गुरुङ र यम गुरुङलाई चयन गरेको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जीटीनको केन्द्रिय समितिको उपस्थितीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । कार्यक्रममा जीटीनका केन्द्रिय अध्यक्ष पिताम्बर गुरुङ, प्रथम उपाध्यक्ष बाबुराम गुरुङ, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ लगायत केन्द्रिय सदस्यहरु र सल्लाहकारहरुको सहभागिता रहेको थियो ।

यसैबीच जीटीन गण्डकीको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले संघका पुर्व अध्यक्ष बोबरजंग गुरुङ, हर्क गुरुङ र किशम गुरुङलाई सल्लाहकारमा सर्वसम्मत चयन गरेको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284