ताजा खबर

गुरुङ समुदायसँग माफी माग्दै गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिले आफनो विवादित पुस्तक जलायो

   १८ चैत्र २०७८, शुक्रबार २०:५०      2,232 views

गण्डकी प्रज्ञा पतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले सबै गुरुङ संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समक्ष भौतिक रुपमा उपस्थित भएर माफी माग्नु भएको छ ।

उहाँद्धारा लिखित हाते पुस्तक ‘लमजुङ र पृथ्वी सुब्बा’ मा समावेश गरिएको केही वाक्यंशहरु गुरुङ समुदायको आत्मा सम्मानमा ठेस पुग्ने खालको रहेको र यसले गुरुङ समुदायमा विखण्डन ल्यान सक्ने भन्दै पोखरा लगायत देश विदेशमा रहनु भएका गुरुङ समुदायले सामाजिक सञ्जाल मार्फत तिव्र रुपमा विरोध जनाएपछि पोखराका विभिन्न तमू संघ संस्थाका अगुवाहरुको नेतृत्वमा सामुहिक बैठक बसी आरोपित कुलपति सूर्य खड्का विखर्चीले २४ घण्टाभित्र भौतिक रुपमा उपस्थित भई माफी माग्नुपर्ने र पुस्तकको सबै प्रति नष्ट गर्नुपर्ने साथै ४८ घण्टाभित्र पदबाट राजीनामा दिनुपर्ने यदि राजाीनामा नदिएमा प्रज्ञा प्रतिष्ठानको कार्यालयमा तालाबन्दी गरि घेराउ गर्ने माग राखी सामुहिक विज्ञप्ति प्रकाशित गरिएको थियो ।

सो विज्ञप्ति प्रकाशित भएपश्चात आज विहान ७ बजे उहाँले पोखराका तमू संघ संस्थाका अगुवाहरु माझ भौतिक रुपमा उपस्थित भएर माफी माग्नु भएको छ । साथै उहाँले सबैको अगाडी आफनो पुस्तकको विवादित अंश रहेको पाना च्यातेर जलाउनुका साथै बजारमा पठाईएको सबै पुस्तक फिर्ता गरि नष्ट गर्ने र कम्प्युटरमा भएको पुस्तकको पिडिएफ फाईल समेत नष्ट गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आफूले नियतबस नभई भुलबस उक्त कुरा लेखेको र एउटा समुदायको बारेमा राम्रो लेख्छु भन्दा आफू चिप्लीएको भन्दै आफनो भुललाई क्षमा गरिदिन आग्रह गर्नुभयो ।
अब बजारमा सो पुस्तक भेटिए त्यसको जिम्मा सबै आफूले लिने र अब उपरान्त गुरुङ लगायत कुनै पनि समुदायको बारेमा केही कुरा लेख्नु पर्दा सम्बन्धित समुदायको विज्ञहरुसँगको राय सुझाव लिएर मात्रै लेख्ने प्रतिबद्धता जनाउनु भएको छ ।


आरोपित लेखकले सबै अगुवाहरु समक्ष माफी मागेकाले र अबदेखि यस्ता गल्ती नदोह¥याउने प्रतिबद्धता जनाउनु भएकोले उहाँलाई माफी दिएर आजदेखि नै विरोधको सबै कार्यक्रम स्थगित गरेको तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले जानकारी दिनुभयो ।

पुस्तकको विवादित अंश बाहिरीएपछि साहित्यिक संस्था भएको नाताले विरोध कार्यक्रम र बैठकको समन्वय गुरुङ साहित्यिक मञ्च नेपालले गरेको थियो । बैठकमा तमू धिं नेपाल, तमू प्ये ल्हु संघ, गुरुङ फिल्म एशोसियशन नेपाल, गुरुङ साहित्यिक मञ्च नेपाल, तमू ह्युल छोंज धी कास्की, तमू ह्युल छोंज धी गण्डकी प्रदेश समिति, तमू ह्युल छोंज धी केन्द्रिय समिति, तमू साँस्कृतिक प्रतिष्ठान नेपाल, तमू कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष लगायत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284