
गुरुङ साहित्यिक मञ्चको पाँचौ स्थापना दिवसमा विभिन्न कार्यक्रम सम्पन्न
गुरुङ साहित्यिक मञ्च नेपालले आफनो पाँचौ स्थापना दिवस चैत २१ गते विभिन्न कार्यक्रम गरि मनाएको छ ।

मञ्चले हरेक वर्ष चैत २१ गते स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष मञ्चले स्थापना दिवसको अवसर पारेर ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ समेत प्रदान गरेको छ । मञ्चकी अध्यक्ष गौरी तमूले स्थापना गर्नुभएको ३ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको अक्षयकोषको व्याजबाट प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यसवर्ष आख्यानकार तीर्थ गुरुङलाई नगद ३५ हजार ५ सय ५५ रुपैंया सहित अर्पण गरिएको हो ।

पुरस्कार ग्रहण गर्दै गुरुङले उक्त पुरस्कारबाट आफूलाई अझै साहित्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गुरुङहरु पनि लेखपढको क्षेत्रमा अघि बढेर साहित्यिक संस्था खोलेको देख्दा आफूलाई एकदम खुसी लागेको बताउनुभयो । साहित्यममा जस्तै गुरुङका छोराछोरीहरु हरेक क्षेत्रमा अघिढनुपर्ने उहाँको भनाई रहेको छ ।
कार्यक्रमको मुल समारोह भन्दा अघि गुरुङ चलचित्रको मौलिक आधारहरु र गुरुङ साहित्यको पहिचान विषयक दुईवटा सेशनमा बहस कार्यक्रम समेत आयोजना गरिएको थियो ।
मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा भएको कार्यक्रममा यसवर्ष मञ्चमा आजीवन सदस्यता ग्रहण गरेका व्यक्तित्वहरुलाई आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो भने सोहि कार्यक्रममा १६ जना स्रष्टाहरु रचना वाचन समेत गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38