
गुरुङ साहित्यिक मञ्चले पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने
गुरुङ साहित्यिक मञ्च नेपालले यहि चैत्र २१ गते आफनो पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

मञ्चको हालै सम्पन्न कार्य समितिको बैठकले चैत्र २१ गते मञ्चको पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।
जस अन्तरगत मञ्चले चैत्र २१ गते बिहान ११ बजेबाट दिउँसो तीन बजेसम्म तीन वटा फरक फरक कार्यक्रम गर्ने भएको छ । सो दिन मञ्चले गुरुङ साहित्य र गुरुङ चलचित्र सम्बन्धी दुईवटा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ भने त्यसपछि स्थापना दिवस मुल समारोह आयोजना गरिने मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।
यसैबीच मञ्चकी अध्यक्ष गौरी तमूले मञ्चमा स्थापना गर्नुभएको ३ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको अक्षयकोषबाट यसवर्ष एकजना तमू स्रष्टालाई ‘गौरी तमू लेखनवृद्धि पुरस्कार’ प्रदान गरिने भएको छ ।
पुरस्कार प्रदान गर्नको लागि मञ्चले पाँच सदस्यीय स्रष्टा छनौट समिति समेत गठन गरेको छ । जुन छनौट समितिमा मञ्चका सल्लाहकारहरु एकेन्द्र गुरुङ, भीम गुरुङ, शान्ति गुरुङ रहनु भएको छ भने मञ्चकी अध्यक्ष गौरी तमू पदेना सदस्य र महासचिव रोशनी गुरुङ सदस्य सचिवको रुपमा रहनु भएको छ ।
छनौट समितिले सिफरिस गरेको एक जना स्रष्टालाई चैत्र २१ गते स्थापना दिवस मुल समारोहमा नगद ३५ हजार ५ सय ५५ सहित सम्मान गरिने भएको छ । पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिदै आएको छ यसअघि सो पुरस्कारबाट कवि छम गुरुङ पुरस्कृत भई सक्नु भएको छ ।
पाँच वर्ष अघि गुरुङ समुदायबाट प्रतिनिधित्व गर्दै गुरुङ र नेपाली साहित्यमा कलम चलाउँदै आएका स्रष्टाहरुलाई एकीकृत गर्ने र साहित्यका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले स्थापना कालदेखि नै चैत्र २१ गते विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउँदै आएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26