ताजा खबर

गुरुङ साहित्यिक मञ्चको सातौं स्थापना दिवसमा कवि चन्द्र गुरुङ सम्मानित हुने

   १९ चैत्र २०८०, सोमबार १९:४९      759 views


पोखरा
गुरुङ साहित्यिक मञ्च नेपालको सातौं स्थापना दिवसको अवसरमा यही चैत्र २१ गते आयोजना हुने विषेश समारोहमा कवि चन्द्र गुरुङ सम्मानित हुने भएका छन् ।

मञ्चले यसवर्ष कास्कीको माछापुच्छे« गाउँपालिका ८ ल्वाङ गाउँमा सातौं स्थापना दिवस मनाउँदैछ । दिवसकै अवसरमा मञ्चले प्रत्येक दुई वर्षमा प्रदान गरिदै आएको ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कारबाट यसवर्ष गोरखका कवि चन्द्र गुरुङ सम्मानित हुने भएका हुन् ।


मञ्चका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार गौरी तमूद्धारा स्थापित ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कारबाट मञ्चले लेखन तथा साहित्य क्षेत्रमा योगदान पुरयाउँदै आएको गुरुङ स्रष्टालाई सम्मान गर्दै आएको छ ।


पुरस्कारका संस्थापक गौरी तमूले आफनो प्रथम कृति ‘समै दर्बानी’ को बिक्रीबाट उठेको रकम विभिन्न समयमा आफूले प्राप्त गरेको नगद पुरस्कारहरुलाई संकलन गरी मञ्चलाई एक लाख ५५ हजारको अक्षयकोष खडा गरीदिनु भएको थियो । त्यसको केही समयपछि त्यही कोषलाई बढाएर उहाँले हाल ३ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको छ । जुन अक्षयकोषको व्याजबाट मञ्चले प्रत्येक दुईवर्षमा नगद ३५ हजार ५ सय ५५ राशीको पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारबाट यसअघि कवि छम गुरुङ र लेखक तीर्थ गुरुङ सम्मानित भईसक्नु भएको छ ।


विगत दुई दशक भन्दा बढी समयदेखि साहित्यको कविता लगायत अन्य विधामा क्रियाशिल चन्द्र गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ विसं २०६३, My Fathers Face, Rubric Publishing, New Delhi, India -2020, र “जब एउटा मान्छे हराउँछ” वि.सं २०७९ कविता कृति प्रकाशित रहेको छ ।


त्यसबाहेक उहाँले थुप्रै नेपाली कवितालाई हिन्दी भाषामा र हिन्दी लगायत अन्य विदेशी भाषाका थुप्रै कविताको नेपालीमा अनुवाद गर्नुभएको छ ।

गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँ, मान्बुमा बाबा कुम्बासिं गुरुङ र आमा सेतुमाया गुरुङको कोखबाट वि.सं. २०३१ सालमा जन्मनु भएका चन्द्र गुरुङले नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाण्डौँबाट स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।


साहित्य जगतमा योगदान पुरयाए बापत उहाँले “अस्विकृत विचार साहित्य सम्मान–२०१६”, कविताकृति “जब एउटा मान्छे हराउँछ” को लागि “विमल गुरुङ कृति पुरस्कार–२०७९” प्राप्त गर्नुभएको छ ।


यस बाहेक उहाँको दुई वटा कविताहरू “एशियाको उत्कृष्ट कविता–२०२१” नामक कृतिमा समावेश छन् भएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284