ताजा खबर

गुरुङ साहित्यिक मञ्चले तेस्रो स्थापना दिवसमा कविता प्रतियोगिता गर्ने

   ५ माघ २०७६, आईतवार १०:४३      1,384 views

गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र २१ गते तेस्रो स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मञ्चको हिजो पोखरामा बसेको बैठकले कविता प्रतियोगिता सहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफनो स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।


बैठकले कविता प्रतियोगिता सम्पन्न गर्नका निम्ति कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी तमू पदेना सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको छ ।


मञ्चका सल्लाहकार योगेश गुरुङले स्थापना गर्नुभएको अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यसवर्षबाट मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट कविहरुले आफनो कविता आयोजकलाई पठाउन सक्ने छन ।

यसरी खुल्ला रुपमा प्राप्त भएको कविता मध्ये प्रथम, द्धितिय, तृतिया र सान्त्वाना हुने कविहरुलाई मञ्चको स्थापना दिवसको अवसर पारेर कविता वाचनको मौका सहित नगद पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक कवि चन्द्र गुरुङले जानकारी दिनुभयो ।


प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार, तृतिय हुनेले ५ हजार र सान्त्वाना हुने कविले ३ हजार नगद पुरस्कार पाउने छ । प्रतियोगितामा संसारभरका तमू कविहरुले मात्र भाग लिन पाउने छन् ।


चैत्र २१ गते विहान प्रशिक्षण कार्यक्रम र दिउँसो पुरस्कार वितरण सहित उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि त्यहि दिन मञ्चको नयाँ नेतृत्व समेत चयन हुने छ ।


कार्यक्रम सम्पन्न गर्नको लागि हिजो बसेको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा आर्थिक संकलन उपसमितिमा मञ्चकी कोषाध्यक्ष जसु गुरुङ संयोजक रहने गरि महासचिव रोशनी गुरुङ र कार्य समिति सदस्य प्रतिमा गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।


यस्तै मञ्च सजावट तथा व्यानर एवम् प्रमाण पत्र उपसमितिमा मञ्चका उपाध्यक्ष रोशन गुरुङ संयोजक रहनेगरी सदस्यद्धय सम्राट गुरुङ र तुल गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।


यस्तै अतिथि सत्कार उपसमितिमा कार्य समिति सदस्य प्रतिमा गुरुङ संयोजक रहने गरि सदस्यहरु उमा गुरुङ र किरण गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ । प्रशिक्षण कार्यक्रमलाई संयोजन गर्ने जिम्मेवारी भने अध्यक्ष गौरी तमूलाई दिईएको छ । मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284