ताजा खबर

गुरुङ साहित्यिक मञ्च नेपालद्धारा युकेबाट आउनु भएका पाहुनाको स्वागत

   ६ फाल्गुन २०७६, मंगलवार १९:२७      1,103 views

गुरुङ साहित्यिक मञ्च नेपालले आज बिहान् पोखरामा युकेबाट आउनु भएका अतिथिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

मञ्चले गैर आवासीय नेपाल संघ (एनआरएनए) युकेकी अध्यक्ष पुनम गुरुङ, तमू धीं युकेका पूर्व अध्यक्ष कमल गुरुङ, तमू धीं नेपालका उपाध्यक्ष तथा रामबजार सोसाइटी युकेका निर्वतमान अध्यक्ष जुमकाजी गुरुङ र श्रीमती कमलादेवी गुरुङ तथा मञ्चका सल्लाहकार एवम् अक्षयकोष दाता योगश गुरुङलाई स्वागत तथा सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले गुरुङहरुको पनि आफनै साहित्यिक संस्था भएको देख्न पाउदा खुसी लागेको भन्दै आफनो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । साथै उहाँले यो संस्थाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा संसारभर छरिएर रहेको तमूहरुलाई पनि समेटेर कार्यक्रम गर्दै जान पनि सुझाव दिनुभयो ।

तमूू धीं युकेका पूर्व अध्यक्ष कमल गुरुङले नेपालमा हरेक क्षेत्रमा तमू समुदायको सहभागिता र लगानी बढदै गएको देखेर खुसी लागेको भन्दै अब सबै मिलेर साहित्यिक क्षेत्रको विकासका निम्ति पनि लाग्न जरुरी रहेको बताउनुभयो ।

यस्तै तमू धीं युकेका उपाध्यक्ष तथा मञ्चका आजीवन सदस्य जुमकाजी गुरुङले साहित्यिक मञ्चको विभिन्न कार्यक्रममा आफूहरुले स्थापनादेखि नै सक्दो सहयोग गर्दै आएको भन्दै आउने दिनमा पनि तमू धीं युके र आफनो व्यक्तिगत तर्फबाट निरन्तर सहयोग जारी रहने बताउनुभयो ।

यस्तै मञ्चका सल्लाहकार तथा अक्षयकोषदाता योगेश गुरुङले आफनो तर्फबाट मञ्चको हरेक कार्यक्रममा सहयोग रहने भन्दै आफूले यसअघि स्थापना गरेको अक्षयकोषमा थप ५० हजार रकम थप गर्ने घोषणा गर्नुभयो ।

मञ्चकी अध्यक्ष गौरी तमूले कार्यक्रमको समापन गर्दै मञ्चको आगामी चैत २१ गते हुने तेस्रो वार्षिकोत्सव तथा प्रथम अधिवेशनमा सबैले सक्रियता पूर्वक सहभागिता जनाउन र मञ्चमा आजीवन सदस्य ग्रहण गर्न पनि आग्रह गर्दै अब गुरुङ समुदायले साहित्य क्षेत्रमा पनि समय र चासो दिनुपर्ने बताउनुभयो ।

मञ्चका कार्य समिति सदस्य तुलबहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा तेजबहादुर च्हाक्ली तमू र जुमकाजी गुरुङले मुक्तक र कविता वाचन गर्नुभएको थियो भने मञ्चकी महासचिव रोशनी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284