ताजा खबर

गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार हुने

   १८ मंसिर २०७७, बिहीबार २०:४७      1,287 views

गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन यहीं मंसिर २० गते पोखरामा हुने भएको छ ।

मञ्चको पहिलो कार्यकालको बिहीबार बसेको अन्तिम बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।


गुरुङहरुको स्वदेशदेखि विदेशसम्म सयौं सामाजिक संघसंस्था रहे पनि एउटै साहित्यिक संस्था नभएको अवस्थामा यसको आवश्यकताको देखिएको भन्दै २०७३ चैत २१ गते पोखरामा गुरुङ साहित्यिक मञ्च नेपाल नामक संस्था स्थापना गरेको थियो ।


संस्था स्थापनापछि नियमित रचना वाचन शृङ्खलादेखि विभिन्न विषयमा बहस, छलफल, प्रशिक्षण प्रतियोगिता सँगै अक्षयकोष स्थापना र सम्मान कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तमूले बताउनुभयो ।


साथै उहाँले पछिल्लो समय कोरोना महामारीले केही महत्त्वपूर्ण कार्यक्रमहरु स्थगित हुनाका साथै विधानले तोकेभन्दा केही महिना कार्यसमितिको कार्यकाल लम्बिएको भन्दै पदभार अर्को समितिलाई हस्तान्तरण गर्न आतुर रहेको समेत बताउनुभयो ।


‘हामी अब कोरोनाकै बहानामा संस्थालाई निष्क्रिय रहिरहन दिन्नौं । पर्सि शनिबार अत्यन्तै छोटो, मिठो तरिकाले हामी हाम्रो पदभार आउने समितिलाई हस्तान्तरण गर्दैछौं’, अध्यक्ष तमूले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । अधिवेशन नहुँदै अध्यक्ष गुरुङले सबै सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ ।


‘म मेरो कार्यकालमा यस मञ्चलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने कार्यसमिति साथीहरू, अफिसियल फोटोग्राफरदेखि मिडिया पार्टनर साधारण, सक्रिय र आजीवन सदस्यहरु, सल्लाहकार ज्यूहरु र स्वदेश तथा विदेशका सम्पूर्ण सहयोगी मनहरुप्रति यहीं पोष्टमार्फत हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्दछु ।’


बैठकले मञ्चकी सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । साथै कोरोनाका कारण मञ्चले धेरै भिडभाड नगरी मञ्चको अधिवेशन गर्ने योजना अनुसार अधिवेशनको उदघाटन सत्र नगरी सोझै बन्द सत्र आयोजना गर्ने समेत आयोजकले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284