ताजा खबर

गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू निर्वाचित

   २८ आश्विन २०८०, आईतवार १९:१४      477 views

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा तेजबहादुर च्हाक्ली तमु सर्वसम्मत निर्वाचित हुनु भएको छ ।


मञ्चको शनिबार भएको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट च्हाक्ली तमूको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा रोश्मी गुरुङ (रोशनी), महासचिव सम्राट गुरुङ, सचिवमा मिश्रमाया गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्ष जसु गुरुङ, सह–कोषाध्यक्ष छम गुरुङ (वाग्मती प्रदेश संयोजक) निर्वाचित भएको मञ्चका निवर्तमान अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।


यस्तै सदस्यहरुमा आश गुरुङ (गण्डकी प्रदेश संयोजक), प्रतिमा गुरुङ, पवित्रा गुरुङ र सुरज गुरुङ रहनु भएको छ । तीन जना कार्यसमिति सदस्य र दुईवटा प्रदेश संयोजक कार्यसमितिको बैठकबाट मनोनीत गरिने मञ्जले जनाएको छ ।


मिश्रमायाले कोशी, छमले वाग्मती र आशले गण्डकी प्रदेश संयोजकको जिम्मेवारी समेत पाएका छन् ।
गुरुङ भाषा र साहित्यको उत्थानको उद्देश्यले गुरुङ साहित्यिक मञ्ज नेपाल २०७३ सालमा स्थापना भएको हो ।
अधिवेशनको गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशनमान गुरुङले उदघाटन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

2 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284