
गोवाको यो गाउँ ११ महिना पानीमुनि हुन्छ, एक महिना मात्र देखा पर्छ
भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँसरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्।

भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ।कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको हो।
राज्यमा बनेको पहिलो बाँधका कारण कुर्डी पूर्ण रूपमा पानीमा डुब्न पुग्यो। तर प्रत्येक वर्ष मे महिनामा पानीको सतह घट्दै जान्छ र गाउँको भग्नावशेष देखिन्छ। चिरिएको भुइँ, रूखका मुढा, त्यस गाउँका घर र धार्मिक संरचनाका अवशेष, पुराना घरेलु सामान र ठाउँठाउँमा पानी जमेको बाँझो भूमि।

झन्डै तीन हजार जनसङ्ख्या रहेको उक्त गाउँको भूमि उर्वर थियो। धानबालीवरिपरि नरिवल, काजु र आँपजस्ता फलफूल लगाइन्थ्यो र गाउँलेहरूको जीविका समान्य रूपमै चलिरहेको थियो।
उक्त गाउँमा हिन्दू, मुसलमान र इसाई धर्मावलम्बीहरू बस्ने गर्थे। गाउँमा एउटा ठूलो मन्दिर पनि थियो। सबै धर्म मान्नेका लागि आआफ्नै प्रार्थना तथा पूजा गर्ने स्थान थिए। तर सन् १९६१ मा गोवा पोर्चुगलबाट मुक्त भएपछि भने निकै परिवर्तन हुन पुग्यो।

स्वतन्त्र भएपछि गोवाका प्रथम मुख्यमन्त्री दयानन्द बान्दोडकरले कुर्डीको भ्रमण गरे र राज्यको पहिलो बाँध निर्माणबारे समाचार सुनाए। सबै स्थानीय बासिन्दाहरूलाई बोलाएर उक्त परियोजनाबाट सबै जना लाभान्वित हुने बताए।
“गाउँ पूर्ण रूपमा डुब्ने भए पनि हाम्रो त्यागका कारण बृहत्तर हित हुने कुरा उनले हामीलाई बताए,” उक्त छलफलको धमिलो सम्झना रहेका बताउने ७५ वर्षीय गजानन कुर्डीकरले बताए। बीबीसी
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08