ताजा खबर

ङोल्स्यो म्हिथेबा गीतको कभर नृत्य बिजेताको नाम माघ १ गते साँझ ५ बजे घोषणा हुने

   २८ पुष २०७६, सोमबार १६:१९      2,153 views

पछिल्लो समय तमू भाषाको अत्यन्तै लोकप्रिय गीत ङोल्स्यो म्हिथेबाका लागि गत साउन महिनामा आव्हान गरिएको कभर नृत्य बिजेता समुहको नाम यहि माघ १ गते साँझ ५ बजे घोषणा हुने हुने भएको छ ।

स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत गरिएको प्रतिस्पर्धामा कूल ११ वटा समुहले भाग लिएका छन् । सुपर युनिक फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको गीत गायक तथा नृत्य निर्देशक राजबहादुर गुरुङको पहिलो गीति कोसेली हो ।


गत साउन ३ गते पोखरामा एक भव्य कार्यक्रमका बीच उक्त गीतको विमोचन गरिएको थियो भने सोहि दिन नै गीतको कभर डान्सको लागि प्रतिस्पर्धा आव्हान गरिएको थियो ।


राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङले म्युजिक एरेन्ज गर्नुभएको छ ।


प्रतियोगितामा प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानी, ताङतिङ दुध पोखरी तमू समाज पोखरा, ईन्द्रेणी युवा क्लब मस्र्यास्दी गाउँपालिका ७ नयाँगाउँ लमजुङ, क्रियाटिभ युवा क्लब मध्य नेपाल ८ डडुवा दुर्छा लमजुङ, दुर्गा बहुउदेशिया समाज पोखरा २७ रिठेपानी, भुजुङ यजम्रो डान्स ग्रुप पोखरा, भुजुङ युम्पो तमू समाज पोखरा, छापा नाच परिवार याङ्जाकोट कास्की, पसगाउँ तमू समाज पोखरा, पैयुखोला तमू समाज पोखरा र अमेरिकाको एउटा समुहले समेत भाग लिएको छ ।


बिजेता समुहको नाम माघ १ गते साँझ ५ बजे स्ट्रिम नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरिने छ भने पुरस्कार माघ २६ गते पोखरामा एक भव्य कार्यक्रमका बीच वितरण गरिने गायक राजबहादुर गुरुङले जानकारी दिनुभयो ।


बिजेता समुहले नगद ८० हजार र उप–बिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284