ताजा खबर

पोखरामा चलचित्र दिलसरा पुनः प्रदर्शन

   १५ चैत्र २०८१, शनिबार १८:३३      431 views

देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको नारी कथामा आधारित चलचित्र दिलसरा शनिबार पोखरामा पुनः प्रर्दशन भएको छ । पोखराको बाराही चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्र दिलसरा हेर्न पोखरेली दर्शकहरुको उलेख्य सहभागिता रहेको थियो ।


गत भाद्र ३ गते पोखरामा पहिलो प्रदर्शन गरिएको चलचित्र दिलसरा पोखरामै आज पुनः चौथो पटक प्रदर्शन गरिएको हो । पोखरेली दर्शकको मागका कारण पुनः प्रदर्शन गरिएको कार्यकारी निर्माता मेजर प्रेम थापा मगरले बताए ।


यसपटकको प्रदर्शनमा पनि सोंचेभन्दा बढी दर्शकको उपस्थिति भएकाले निर्माण टिममा थप हौसला थपिएको अर्का निर्माता तथा कथाकार जुना थापा थापामगरले बताइन् ।


मगर समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक जस्ता बुहआयामिक पक्षलाई समेटेर निर्माण गरिएको भएता पनि समग्र नेपाली महिलाहरुले भोग्नुपरेको यथार्थ भोगाईलाई चलचित्रमा दर्शाइएको हुनाले सबै समुदायका दर्शकहरुले पनि चलचित्र उत्कृष्ठ रहेको प्रतिक्रिया दिएका छन् ।


चलचित्र दिलसरा सोचेभन्दा राम्रो र हरेक पक्षबाट उत्कृष्ठ रहेको बताउँदै चलचित्रको कथाले आपूmहरुलाई पटक पटक रुवाएको दर्शकहरुको प्रतिक्रिया रहेको छ ।


चलचित्र हेरिरहँदा दर्शकहरुमा कहिले हाँसोले हल नै गुञ्जिन्थ्यो भने कहिले भावुकताले हल नै सन्नाटा छाउँथ्यो । दिलसरा चलचित्र हेरिसकेपछि वयस्कदेखि बृद्धासम्मको दर्शकहरुले आआफ्नै तर्कसहितको सकारात्मक प्रतिक्रिया दिएका थिए ।

नारी कथामा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि पोखराको विभिन्न ठाउँ, कास्कीको घान्द्रुक, बुटवल, पाल्पा, तनहुँ, स्याङ्जा लगायत जिल्लाका विभिन्न स्थानमा र बेलायतको विभिन्न शहरहरुमा प्रदर्शन भइसकेको छ भने अन्य स्थानहरुमा प्रदर्शनको क्रममा रहेको निर्माण टिमले जनाएको छ ।


आउँदो चैत्र २१ गते पर्वत, २२ गते पोखराको लेखनाथ, २६ गते स्याङ्जाको वालिङ, ३० गते स्याङ्जाको चापाकोट र बैशाख २० गते स्याङ्जा गल्याङ्मा प्रर्दशन हुने निर्माता टिमले जनाएको छ ।


मेनेको फिल्म्स एण्ड मिडिया हाउसको व्यानरमा निर्मित चलचित्र दिलसराको निर्देशन अशोक आलेमगरले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा रहेका छन् ।


जुना थापा मगरको कथा तथा मिना थापा मगरको पटकथा लेखन रहेको चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

2 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284