ताजा खबर

चलचित्र ‘दिलसरा’ विशेष चलचित्र अवार्डबाट पुरस्कृत

   ३० असार २०८२, सोमबार २०:२७      454 views

चलचित्र विकास बोर्डको आयोजनामा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ समारोहमा यस वर्षको विशेष चलचित्र अवार्डबाट मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ पुरस्कृत भएको छ ।


सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् । सर्वोत्कृष्ठ नेपाली चलचित्र ‘साम्बाला’लाई घोषणा गरिएको थियो भने विशेष चलचित्रतर्फ ‘दिलसरा’लाई अवार्ड प्रदान गरिएको थियो । चलचित्र विकास बोर्डले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको छ ।


मेनोको मिडिया हाउसद्धारा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका हुन् । कास्की जिल्लाको निर्मल पोखरी र पोखरा आसपासमा छायाङ्कन गरिएको चलचित्र दिलसराको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरु हर्क आले मगर, तारामाया थापा मगर, जुना थापा मगर र मिना थापा मगर रहेका छन् ।

जुना थापा मगरको कथा तथा मिना थापा मगरको पटकथा लेखन रहेको उक्त चलचित्रमा कलाकारहरु सृष्टी राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, खड्ग बहादुर पुन मगर (खबपु), गुना थापा मगर भिमसरा घर्ति मगर, सुनमाया थापा थापा मगर, पवित्रा थापा मगर ओम विरकट्टा मगर, ओम श्रीस मगर, टेक पुन मगर लगायतको अभियन रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284