ताजा खबर

चारभञ्ज्याङ तमु समाज पोखराको १७औं वार्षिक साधारणसभा सम्पन्न

   २४ आश्विन २०७७, शनिबार १६:०५      926 views

हुम तमु


चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा ९ नयाँबजार, सिद्धमार्गस्थित आफ्नै समाज भवनमा कोभिड १९ कोरोना संक्रमणको आवाश्यक सुरक्षा प्रबन्धका साथ साधारणसभा भव्यताका साथ सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको साधारणसभामा सचिव माओत्सेतुङ तमुले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष क्या.ठाकुरप्रसाद तमुद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र आमा समितिकी कोषाध्यक्ष बेलकुमारी तमुले प्रस्तुत गर्नुभएको आमा समितिको प्रतिवेदन पारित गरिएको थियो ।


प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता, क्रियाशिलता र मौलिकता संरक्षण, सम्वद्र्धनका लागि चारभञ्ज्याङ तमु समाज पोखरा सक्रियताका साथ जुटेकोमा प्रसंशा गर्नुभयो।तमुहरुमा राजनीतिक चेतना अनिवार्यता रहेको भन्दै उहाँ पार्टी राजनीति गर्नुस्, नगर्नुस तर तमुहरु सचेत हुनुपर्नेमा उहाँको जोड थियो।

राजनीतिमा शक्ति, श्रोत र पहुँच हुने भएकाले तमुहरु राजनीतिमा अग्रसर हुन आग्रह गर्नु हुदै चारभञ्ज्याङ तमु समाजलाई आधा महिनाको पेन्सन १७ हजार ६ सय रुपैया सहयोग गर्नुभएको थियो ।


कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पुरनध्वज तमुले समाज स्थापनाको १७ वर्षे विकासक्रम हेर्दा आफु अत्यन्तै हर्षित भएको भन्दै स्थापनाकालका ऐतिहासिकताबारे जानकारी दिनुभएको थियो। आज चारभञ्ज्याङ तमु समाज हरेक क्षेत्रमा उत्कृष्ठ बन्दै सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्र लगायतमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको गर्व गरिरहेको भन्दै समाजका संस्थापक मध्येका हुमबहादुर तमु तमु धिं नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गर्नुभयो ।


समाजका अध्यक्ष प्रदिपकुमार तमुको अध्यक्षतामा भएको चारभञ्ज्याङ तमु समाज आइसिसि अध्यक्ष एवम बौद्ध अर्घौ सदन उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमु, तमु धिं नेपालका भरखरै निर्वाचित अध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष क्या।टेकबहादुर तमुले स्वागत र सचिव माओत्सेतुङ तमुले कार्यक्रम संचालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284