
चिसापानी युवा क्लवद्धारा मृगौला रोगी भक्तबहादुर गुरुङलाई आर्थिक सहयोग
पोखरा महानगरपालिका वडा नं.१३ चिसापानी टोल निवासी मृगौला रोगी भक्तबहादुर गुरुङलाई चिसापानी युवा क्लवले ३ लाख ३६ हजार ६ सय ५ रुपैंया आर्थिक सहयोग गरेको छ । यसअघि संङकलित ३ लाख ३१ हजार ६ सय ५ रुपैंया र कार्यक्रम स्थलमा प्राप्त ५ हजार रुपैया गरि ३ लाख ३६ हजार ६ सय ५ रुपैंया पिडित गुरुङलाई हस्तान्तरण गरिएको हो ।

क्लवका सदस्य समेत रहेका भक्तबहादुर गुरुङ विगत लामो समयदेखि मृगौला रोगी रहेको र अहिले उहाँको मृगौला समेत सफलता पूर्वक प्रत्यारोपण भईसकेको अवस्थामा मृगौला प्रत्यारोपणपछि पनि नियमित औषधी सेवन गर्न थुप्रै खर्च लाग्ने भन्दै क्लवले आर्थिक सहयोग गरेको हो । यसअघि चिसापानी टोल विकास संस्थाले पनि आर्थिक सहयोग गरिसकेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङले आफनो टोलभित्र बसोबास गर्ने कुनैपनि सदस्यहरुलाई आइपरेको सुख दुःखमा आपूmहरुले सहयोग गर्दै आएको भन्दै चिसापानी टोलभित्र अभैm पनि गाउँलेपनाको अवशेषहरु बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा चिसापानी टोल विकास संस्थाका सचिव क्या.घनबहादुर गुरुङ, आमा समितिका अध्यक्ष डिलसुब्बा गुरुङ, पत्रकार नविन सिग्देल लगायतले मृगौला रोगी भक्तबहादुर गुरुङको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गरेका थिए । चिसापानी टोलमा स्थाई बसोबास भई हाल नेपालका विभिन्न ठाउँमा तथा बेलायत, सिङगापुर, जापान, ब्राजिल, फ्रान्स र हङकङ लगायतका विभिन्न ठाउँमा कार्यरत क्लबका सदस्यहरुको सक्रियतामा सङकलन गरिएको रकम आज रकम सङकलन कार्यक्रमका संयोजक विजय गुरुङले पिडित भक्तबहादुर गुरुङ र उहाँकी आमालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

लमजुङको क्होला सोंथर गाउँपालिका ४ स्थाई घरभई विगत २० वर्षदेखि गुरुङ परिवार पोखराको चिसापानी टोलमा बसोबास गर्दै आएको छ । चिसापानी युवा क्लवका कार्यावाहक अध्यक्ष श्याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तीर्थ गुरुङले गर्नुभएको थियो ।

उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52