
छमछमीको पोखरा अडिसन सुरु
पोखरा, पुस ३ ।
नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको ‘नृत्यु रियालिटी सो’ चौथो संस्करण ‘रियो छमछमी सिजन–४’ पोखरा अडिसन आजबाट सुरु भएको छ ।

आजदेखी सुरु भएको सो अडिसनमा पोखरा, स्याङ्जा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट उत्साहाजनक सहभागीता रहेको नेपाल टेलिभजनका पोखरा संवाददाता रेमश पौडेलले जानकारी दिनुभयो ।
पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा जारी अडिसन बुधबारसम्म चल्ने छ । अडिसनको निर्णायकमा महेश गोदार र स्थानिय निर्णायकमा मनकुमार श्रेष्ठ रहनुभएको छ ।
अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ विगत देखि संचालन हुँदै आएको ‘रियालिटी सो’मा १४ वर्षमाथिका प्रतियोगिले भाग लिन पाउने आयोजकले जनाएको छ ।
नेपाल टेलिभजनबाट हरेक शनिबार राती ८ः५० बजे प्रशारण हुँदै आएको कार्यक्रमका विजेताले २८ लाख बराबरको कार पुरस्कार पाउनेछ । यस्तै दोस्रो र तेस्रोले क्रमश ५ लाख र ३ लाख रुपैयाँ पाउनेछ भने उत्कृष्ट १० मा पर्नेले जनही १ लाख पाउने बताइएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26