
जनकपुरको ३ वटा होटलमा आगलागी, ८ वटा सिलिण्डर विष्फोट
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२, पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

राति करिब २:४० मा आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फि्रजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।
‘कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए’, खनालले अनलाइनखबरसँग भने, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’
उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए ।
क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09