ताजा खबर

जनतको सेवामा सर्मपित हुँदा आनन्द आउँछ : चेतबहादुर गुरुङ वडा अध्यक्ष पोखरा –२९

   १६ माघ २०७६, बिहीबार १९:०६      2,882 views

रोशनी गुरुङ / सम्पादक


पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष हुन चेतबहादुर गुरुङ । जनताको काम र सेवालाई आफनो मुल कर्म र धर्म सम्झिने चेतबहादुर गुरुङ जीवनको प्रत्येक पललाई सकरात्मक र सेवा मुलक काममा समर्पित गर्दै आउनुभएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट देउरालीमा वि.सं. २०१५ सालमा बाबा तुला गुरुङ र आमा आशकौरी गुरुङको जेठ छोराको रुपमा उहाँको जन्म भएको हो ।


याङजाकोट गाउँमै प्रारम्भिक बाह्रखरीका अक्षर चिन्न सिक्नुभएका उहाँको परिवार बसाई सराईको चपेटामा परेपछि उहाँले त्यहाँ थप पढाई मात्रै गर्नपाउनु भएन पुरै बाल्यकाल पनि बिताउन पाउनुभएन ।


वि.सं. २०२० सालमा उहाँका बाबा आफन्तको साथ लागेर लेखनाथतिर झरेपछि २०२२ सालमा उहाँहरुको स–परिवार याङजाकोट गाउँलाई छोडर आफनो सुनौलो भविष्यको खोजीमा बजार झ¥यो ।


त्यसपछि उहाँले बाँकी पढाई अर्थात कक्षा ५ को पढाई लेखनाथको जनप्रकाश मा.वि.मा पढन थाल्नुभयो । भने कक्षा ६ को पढाई भने लक्ष्मी आदर्श मा.वि.मा पढदै गर्दा वि.सं.२०२७ सालमा आमाको निधन भएपछि उहाँले विभिन्न घरयासी कारणले गर्दा बीचैमा पढाई छोडन बाध्य हुनुभयो । करिब ९ वर्षसम्म पढाई बीचैमा छोडेर बस्नुभएका चेतबहादुरले त्यसपछि पुनः पौढ मा.वि. (हालको नवप्रभात मा.वि.)मा विहानी कक्षामा ७ कक्षा नपढी ८ कक्षाबाट पढाई सुरु गर्नुभयो ।


त्यहि समयदेखि उहाँले विहान स्कूल पढने र दिउँसो पोखरा मेडिकल हलमा काम गर्न थाल्नुभयो ।
करिब ७ वर्षसम्म पोखरा मेडिकल हल महेन्द्रपुलमा काम गर्दै गर्दा उहाँले २०३९ सालमा एस.एल.सी.परिक्षा उत्र्तिणा गर्नुभयो भने पोखराको पृथ्वी नारायाण क्याम्पसबाट आई.ए.सम्मको अध्ययन गर्नुभयो ।

यसरी अध्ययन र जागिरलाई एकसाथ अगाडी बढाउँदै गर्दा २०४२ सालमा लोकसेवा आयोग खुलेपछि उहाँले पनि आयोग लड्नुभयो तर लिखितमा नाम निस्केपनि अन्तरवार्तामा छनौट हुन नसक्दा उहाँको सरकारी जागिर खाने इच्छा पहिलो पटक असफल भयो ।


त्यसपछि पुनः २०४५ सालमा आयोग खुलेपछि त्यसपटक भने उहाँ लिखित र अन्तरवार्ता दुवैमा नाम निकाल्न सफल भएपछि वि.सं. २०४५ साल वैशाख २६ गतेबाट नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा साहयक तृतिय तहबाट सेवा सुरु गर्नुभयो ।


जागिरको दौरानमा आफूलाई इमान्दार, कतव्र्य निष्ठा र उर्जाशील कर्मचारीको रुपमा चिनाउन सफल हुनुभयो ।


यसरी निरन्तर रुपमा करिब २९ वर्ष नेपालराष्ट्र बैंकमा जागिरे भएपछि अनिवार्य अवकाश पाउन एकवर्ष अगाडि नै देशमा स्थानिय तहको चुनावको माहोल तयभएपछि सक्रिय राजनीतिक जीवनमा प्रवेश गर्ने उद्देश्यले उहाँले राष्ट्र बैंकमा स्वेच्छिक राजीनामा दिनुभयो ।


यसरी २०७४ साल वैशाख ११ गते २९ वर्षे लामो जागिरे जीवनलाई विदाई गर्दै साहयक निर्देशक अधिकृत तृतिय तहमा उहाँले अवकाश लिनुभयो ।


त्यहि महिना चुनावको चटारोले ढपक्क छोपेपछि उहाँ तत्कालीन नेकपा एमालेबाट तत्कालीन पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २९ को वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभयो ।
सक्रिया जागिरे जीवनबाट विदा लिएको एकमहिना पनि नबित्दै २०७४ साल वैशाख ३१ गते सम्पन्न भएको स्थानिय निर्वाचनमा अत्यधिक मतका साथ उहाँ वडा अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।


विद्यार्थी जीवनदेखि एमालेको विद्यार्थी संगठनमा आबद्ध भएर काम गर्दै आउनुभएका उहाँ जागिर सुरुभएपछि सरकारी जागिरका कारण खुल्ला राजनीतिमा देखिन नमिल्ने भएकाले भूमिगत रुपमा नाम परिवर्तन गरेर पार्टीको विभिन्न कमिटिमा बसेर काम गर्नुभयो ।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट उहाँले मानविकी संकायमा बि.ए.सम्मको अध्ययन गर्नुभएको छ । त्यहि समय उहाँ जागिर र भित्रीरुपमा राजनितीमा पनि सक्रिय भएर लाग्नुभयो । भूमिगत रुपमा राजन गुरुङको नामबाट उहाँले राजनीतिमा पनि आफूलाई सक्रिय बनाई राख्नुभयो ।


त्यसको अलाव उहाँले २०४५ सालमा आदर्श युवा क्लब भण्ढारढिकको संस्थापक अध्यक्ष भएर काम गर्नुभयो । २०५४ सालमा उहाँ लेखनाथ नगर खेलकुद विकास समितिको अध्यक्ष हुनुभयो ।
२०५६ सालदेखि निरन्तर रुपमा ङयोए तमू धीं लेखनाथको सचिव भएर काम गर्नुभयो । करिब दुई कार्यकाल सचिव भएर काम गरेपछि एक कार्यकाल उपाध्यक्ष भएर पनि उहाँले त्यस संस्थामा काम गर्नुभयो ।


त्यसको अलावा उहाँले लेखनाथ लायन्स क्लबको चार्टर मेम्बर, लेखनाथ साना सहरी खानेपानी उपभोक्त संस्थाको संस्थापक सदस्य, दिपशिखा सामुदायिक पुस्तकालयको संस्थपाक कोषाध्यक्ष हुँदै हाल सल्लाहकार, तमू प्ये ल्हु संघ मुसेटुडाको सल्लाहकार, ल्हेगे तमू समाज नेपालको संस्थापक सहसचिव तथा वर्तमान सचिव पदमा रहेर काम गरिरहनुभएको छ ।


२०४९ सालदेखि लेखनाथको भण्ढारढिकमा उहाँले चेतन फार्मेसी पनि सञ्चालन गर्दै आउनुभएको छ । अहिले पनि उहाँ दिउँसो वडामा जनताको काम गरेपछि विहान बेलुकाको समय आफनै फार्मेसीमा काम गर्नुहुन्छ ।


जीवनको पुरै उर्जाशील समय जागिर र सामाजिक काममा समर्पित गर्दै आउनुभएका उहाँले जिन्दगीमा खासै फुर्सदिलो दिनहरु बिताउनुभएको छैन । जनता, समाज र देशको सेवामा आपूmलाई एउटा सेवक भएर समर्पित गर्न पाउँदा मलाई खुसी लाग्छ त्यसकारण पनि मेरो जीवनको पुरै समय सेवा मुलक काममा आपूmलाई सर्मपन गरेको छु उहाँ भन्नुहुन्छ ।


अहिले पनि उहाँ त्यतिकै जोस र जाँगरका साथ जनताको सेवामा लागि रहनुभएको छ ।
वडा अध्यक्षमा निर्वाचित भएपछि उहाँले वडा नं. २९ को क्षेत्रभित्र पर्ने सबै टोलमा बाटो पुरयाउने, नाली र ढलको उचित व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्था गर्ने लगायतको काममा आफूलाई सर्मपित गर्दै आउनुभएको छ ।


अध्यक्षमा निर्वाचित भएपछि उहाँले करिब ६० लाखको लागतमा तीन तले वडा कार्यालय भवन खडा गर्नुभयो । आधुनिक सबै खाले सेवा सुविधा सम्पन्न रहेको वडा कार्यालयबाट अहिले उहाँको वडाले जनतालाई छिटो छरितो र आधुनिक सेवा उपलब्ध गराउँदै आएको छ ।


अबको उहाँको लक्ष्य भनेको पोखरा २९ लेखनाथको खुईले डाँडामा सुविधा सम्पन्न भ्यु टावार निर्माण गरेर आफनो वडामा धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटक भित्रत्याउनु हो । जसको लागि गत वर्षबाटै काम सुरुभएको छ ।


अहिले भ्यु टावर निर्माण स्थल वरपर रयालीङ राख्ने र सिढीँ निर्माण गर्ने काम सम्पन्न भई सकेको छ भने हालै मात्रै टावरको डिपिआर पनि तयार भएको छ ।


गत वर्ष यसको निर्माण कार्यमा २२ लाख रुपैंया खर्च भई सकेको छ भने यसवर्ष टावरको बाँकी निर्माण कार्यको लागि ४५ लाख खर्च गर्ने गरि काम धमाधम अगि बढी रहेको उहाँले बताउनुभयो ।


यसका साथै वडा स्वास्थ्य केन्द्रको स्थापना, वडाभित्रको सार्वजानिक जग्गाहरुको संरक्षण गर्ने, वडाको सबै ठाउँमा पक्की बाटो पुरयाउने, सार्वजानिक पार्कहरुको संरक्षण र विस्तार गर्ने काम पनि तिव्र गतिमा वडाले गर्दै आएको उहाँले बताउनुभयो ।


जीवन पुरै इतिहास जस्तो र इतिहास पुरै जीवन जस्तो बनाएर जिउँदै सिक्दै र अनुभव गर्दै आउनुभएका चेतबहादुर गुरुङ अहिलेको शिक्षित युवाहरुलाई देशमै केहि गर्न सुझाव दिनुहुन्छ ।
नेपालमा थुप्रै विश्वविद्यालयहरु भएकोले यहि पढेर आफनो सिप र क्षमता देशमै प्रयोग गर्न उहाँ आग्रह गर्नुहुन्छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284