ताजा खबर

जन्मदिनमा रुकबहादुर गुरुङले पुस्तक जन्माए

   १६ चैत्र २०७५, शनिबार ०९:१०      2,636 views

हुम तमु

शुभ दिनमा शुभकर्म गर्न इच्छा जाग्दछ । यस्तै इच्छा स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं.४ लगदाका रुकबहादुर गुरुङलाई जाग्यो। एलआइसी एजेन्सी मेनेजर रुकबहादुर गुरुङले गाँउ चिनाउने गरी कर्म गर्ने सोंच तीन वर्ष अघि तय गर्नुभयो। गुरुङको ध्यान पढ्न लेख्नतर्फ जादैन भन्ने पुरानो मान्यतालाई तोड्दै तीनवर्षका खोज अध्ययन पश्चात जन्मदिनको उपहारको रुपमा पहिलो पुस्तक जन्माउने भयो, रुकबहादुर गुरुङले। अत्यन्तै लगनशील र परिश्रमी गुरुङले आफु जन्मेको गाँउका इतिहासदेखि वर्तमानसम्म खोतल्दै भौगोलिक, सामाजिक, साँस्कृतिक,आर्थिक विश्लेषणात्मक पुस्तक लगदा गाँउका चिनारी ४६ औं दिनमा विमोचन गर्नुभयो। लगदाको भु—अर्थ—सामाजिक—साँस्कृतिक खोजमुलक पुस्तकको विमोचन शुक्रवार विहान पोखरा १० अमरसिंहचोकस्थित लेकाली चुलो टाक्सफोर्स होटलमा आयोजित समारोहमा प्रदेश सभाका सदस्य सांसद मीना गुरुङले गर्नुभएको हो।


प्रमुख अतिथि सांसद गुरुङले पुस्तक प्रकाशनका लागि बधाई एवम् जन्मदिनको शुभकामना व्यक्त गर्नुहुदै पुस्तक गाँउको प्रवर्धनको आधार बन्नेछ विश्वास व्यक्त गर्नुभयो।पुस्तक प्रकाशनले गुरुङको नयाँ पहिचान स्थापित भएको बताउनुहुदै मैले पनि लेख्नुपर्छ भन्ने सन्देस प्रदान गरेको उहाँको भनाई थियो ।

विविधताको मुलुकमा सास्कृतिक एकता, सकरात्मक सोंच, आपसी सद्भावले नै मुलुक सम्बृद बन्ने भएकाले पुस्तक लगदा गाँउको ऐनाको रुपमा प्रस्तुत भएकाले सद्भावको विकास गराएको बताउनुभयो। समृद्धिका लागि राष्ट्रियताको झण्डा फहराउने इमान्दार जनप्रतिनीधिको रुपमा आफु क्रियाशील रहने प्रमुख अतिथि सांसद गुरुङले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।


लगदा गाँउको चिनारी पुस्तकका लेखक÷प्रकाशक रुकबहादुर गुरुङले तीनवर्षको परिश्रमको रुपमा ४६ औं जन्मदिनमा पुस्तक प्रकाशन गरेको बताउनुभयो।आफु जन्मेको गाँउको इतिहास, लगदा गाउको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक लगायतको पाटोबाट इतिहासदेखि वर्तमानसम्मको वास्तविकता केलाउने सक्दो पहल गरेको बताउनुभयो।उक्त पुस्तक आउदो पुस्ताका लागि इतिहास हस्तान्तरणको रुपमा उपहार दिन चाहेकाले आफुले मिहिनेत गरेको बताउनुहुदै पुस्तक विक्रीबाट प्राप्त रकम आफुले अक्षर प्रारम्भ गरेको गाँउकै विद्यालयमा बुबा भुवानन्द गुरुङको स्मृतिमा अध्यक्षकोष स्थापना गरिने बताउनुभयो। उक्त अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि प्रोत्साहन गर्ने योजना रहेको लेखक गुरुङले बताउनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284