ताजा खबर

जी पी कोईराला फाउण्डेशनद्धारा ज्ञापनपत्र पेश

   १४ माघ २०७५, सोमबार २०:४०      1,344 views

नेपाल सरकारले दुई पुर्व प्रधानमन्त्रीको नाममा सञ्चालनको तयारीमा रहेका दुई अस्पताल खारेज गर्ने उद्देश्यले संघिय सरकार अन्र्तगत समावेश नगरिएको बिरोधमा जी पी कोईराला फाउण्डेशनलले बिरोध जनाएको छ ।


जी पी कोईराला फाउण्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेल र कास्की समितिका संयोजक यादवराज अधिकारीले छुट्टाछुट्टै ज्ञापनपत्र प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फर्त पठाएका छन् ।


पुर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोईरालाका नाममा तनहँु जिल्लाको शुक्ला गण्डकी नगरपालिकाको दुलेगौडामा सञ्चालनको तयारीमा रहेको गिरिजाप्रसाद कोईराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र पुर्व प्रधानमन्त्री स्व शुशील कोईरालाका नाममा बाँके जिल्ल्लाको नेपालगञ्जमा रहेको शुशील कोईराला प्रखर क्यान्सर अस्पताललाई वर्तमान सरकारले खारेज गर्ने उद्देश्यले संघिय सरकारले सञ्चालन गर्ने सुचिमा समावेश नगरिएकोमा फाउण्डेशनले ध्यानकार्षण गराएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति स्थापनाको नेतृत्वकर्ता स्व गिरिजाप्रसाद कोईराला र गणतान्त्रिक संबिधान निमार्ण गरि जारी गर्ने नेतृत्वकर्ता स्व शुशील कोईराला जस्ता युगपुरुषका नाममा सञ्चालित अस्पताललाई केन्द्र सरकार अन्र्तगत नराखी खारेज गर्न खोज्नु नेपाली जनता र लोकतान्त्रिक गणतन्त्रकै अपमान हो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

दुईटै अस्पताललाई सघिय सरकार अन्र्तगत सुचिकृत गरियोस साथै चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीका मागहरु पुरा गरि के सी को जिवनरक्षाको लागि पनि जोडदार माग गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284