ताजा खबर

जुम प्रविधि मार्फत नियमित वैचारिक बहसमा जुटदै गुरुङ साहित्यिक मञ्च

   १० मंसिर २०७८, शुक्रबार १९:४८      816 views

पछिल्लो समय गुरुङ साहित्यिक मञ्च नेपालले आफनो कार्य समितिका सदस्यहरुको क्षमता अभिवृद्धि गर्नको लागि नियमित रुपमा जुम संवाद श्रृङ्खला सञ्चालन गर्दै आएको छ ।

कोरोना महामारीपछिको समयमा मञ्चले नियमित भेटघाट र औपचारिक रुपमा गरिने कार्यक्रमलाई कम गरेर साप्ताहिक रुपमा जुम संवाद कार्यक्रहरु सञ्चालन गरेको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।

सबै तमू लेखक र स्रष्टाहरु वैचारिक रुपमा प्रष्ट भएर तमू जातिको भाषा, धर्म, संस्कार र संस्कृतिको बारेमा कलम चलाउनु अहिलेको आवश्यकता रहेकोले यसबारे शुरुमा कार्य समितिभित्रका सदस्यहरुबीचमै रहेको अन्यौलता चिरेर अघि बढनुपर्ने भएकोले यसप्रकारका बहस र छलफल कार्यक्रमलाई आफूहरुले नियमिति रुपमा सञ्चालन गरिरहेको अध्यक्ष तमूले जानकारी दिनुभयो ।

हालसम्म भएको बहस कार्यक्रममा मञ्चका उपाध्यक्ष रोशन तमूले सहजीकरण र संयोजन गर्दै आउनुभएको छ । “हामीबीच अब धेरै भन्दा धेरै वैचारिक बहसको जरुरी छ यसले मात्रै हामीलाई हाम्रो लक्ष्यमा पुग्न सहयोग गर्छ उपाध्यक्ष तमूले भन्नुभयो ।” हामीले लेखिने साहित्यहरुमा हाम्रो आवाज बोलिनुपर्छ त्यसका लागि गहन अध्ययन र गम्भीर छलफल विना यो काम असंभव छ उहाँले भन्नुभयो ।

मञ्चले शुरुमा कार्यसमितिको लागि मात्रै सञ्चालन गरेको बहस विस्तारै समुदायमाझ पनि लैजाने तयारी भइरहेको मञ्चका सचिव तुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

अब मञ्चले यो साता तमू जातिको भाषा, धर्म र संस्कारको विषयमा बहस तथा प्रश्नउत्तर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284