
तनहुँको व्यास नगरपालिकालाई रोटरी क्लबद्धारा पीसीआर मेशिन प्रदान
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यवसायिक शिक्षाको विकासका लागि रोटरी क्लबले योगदान दिन सक्ने उल्लेख गर्नुभएको छ ।

रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ४ ले आयोजना गरेको विद्युतीय सिकाइ सहयोगी सामग्री तथा पीसीआर मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले साक्षरता वृद्धिका लागि रोटरीले थालेको प्रयास सराहनीय रहेको बताउनुभयो ।
नेपालमा साक्षरता बढाउन रोटरीले सामुदायिक विद्यालयलक्षित गरी ल्याएका कार्यक्रम प्रशंसनीय रहेको भन्दै उहाँले साक्षरता अभियानका सन्दर्भमा व्यवसायिक शिक्षाका लागि रोटरी क्लबको योगदान रहन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थिति हुन नसक्ने अहिलेको अवस्थामा विद्युतीय सिकाइ आम बालबालिकाहरूका लागि उपयोगी हुने भन्दै प्रदेश प्रमुख शेरचनले प्रविधिमैत्री सिकाइसँगै उत्पादनमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपालमा खनिज पदार्थको उपयोग गर्न सक्ने जनशक्तिको खाँचो रहेको र त्यस्ता खालका जनशक्ति तयार पार्न प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक रहेको उहाँको भनाइ थियो ।
भर्चुअल माध्यमबाट सहभागी भएका रोटरी क्लब इन्टरनेशनलका इलेक्ट. प्रेसिडेन्ट शेखर मेहताले निरक्षरता उन्मूलनका लागि नेपालले धेरै काम गर्न सक्ने भन्दै त्यसमा रोटरी अन्तर्राष्ट्रियले सहयोग गर्ने उल्लेख गर्नुभयो । जनसंख्या र भूगोलका हिसाबले भारत भन्दा नेपालमा साक्षरता अभियान सञ्चालन गर्न धेरै सहज रहेको बताउँदै मेहताले नेपाल सरकारको अभियानसँग रोटरीले सहकार्य गरेर अघि बढ्न सक्ने भनाइ राख्नुभयो ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38