ताजा खबर

तमु धिं आमा समितिद्धारा फो ल्होछार शुभकामना आदानप्रदान

   १२ पुष २०७५, बिहीबार ०८:०४      2,873 views

फो ल्होछारको अवसरमा तमु धिं केन्द्रीय आमा समितिद्धारा स्वागत आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि लामिछानेले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै नेपाली सँस्कृति नै राष्ट्रियताको आधार भएकाले राज्यले सँस्कृति संरक्षण एव विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। फो ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उहाँले ल्होछार गुरुङको मात्रै नभए नेपालीको चार्ड भएको दावी गर्नुभयो। पोखरा महानगरपालिका वडा नं. ९ भित्रै तमु धिं नेपाल जस्तो गर्विलो संस्था रहेकाले वडा विकास र समृद्धिको लागि साथ पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले फो ल्होले एकता, सद्भाव, विभेद अन्त्य, समतामुलक समाज र समृद्धि नेपाल निर्माणको सन्देश लिएर आउने विश्वास व्यक्त गर्नुभयो। पुस १३ गते तमु धिं नेपालको साँस्कृतिक उपसमितिद्धारा आयोजित फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम र पुष १६ गते सामुहिक ल्होछार कार्यक्रममा सबैको सहभागीताका लागि आग्रह गर्नुभयो।बौद्ध अर्घौ सदनका अध्यक्ष तथा सामुहिक फो ल्होछार÷ल्होसार समितिका संयोजक क्या.भुवनसिं तमुले शुभकामना व्यक्त गर्नुहुदै नयाँ वर्षले नयाँ उमंग, ल्होछारले एकता, सद्भाव र समृद्धि बोकेर आउने अपेक्षा गर्नुभयो। पुष १६ गते कस्केली तमुहरुको सामुहिक ल्होछार कार्यक्रममा सबैको सहभागीतासँगै एकता प्रस्तुत गर्न कस्केली तमु संघ संस्थालाई उहाँको आग्रह थियो।

तमु धिं नेपालका अध्यक्ष तथा आमा समितिका सल्लाहकार हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै ल्होछारको ऐतिहासिकता र महत्वको बारेमा चर्चा गर्नुभएको थियो। उहाँले चाडपर्वका महिनाभर तिज र महिनौ ल्होछार भोज गर्नु विकृति हो भन्नुहुदै पोखरामा मात्रै करिब १० करोड रुपैया ल्होछार भोजमा खर्चनु भन्दा उत्पादनशीलतामा लगानी गर्नुपर्ने सुझाव दिनुभयो।कार्यक्रममा याङजाकोट तमु समाजका आमा समिति, पैयुखोला तमु समाज आमा समिति, चिउली पाचे तमु समाज आमा समिति, हिमाली गुरुङ परिवार आमा समिति, कोल्मा बहाकोट तमु समाज आमा समिति, जोगीमणी तमु समाज आमा समिति, कृष्ण मन्दिर आमा समिति लगायतले विविध साँस्कृतिक प्रस्तुति गर्दै ल्होछारको स्वागत गरिएको थियो।

तमु धिं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पञ्चकुमारी तमु र सञ्चालन सहसचिव बालकुमारी तमुले गर्नुभएको थियो।कार्यक्रममा तमु लगायत विभिन्न समुदायका अगुवाहरुको बृहत सहभागीता थियो भने गुरुङ परिकारको खाजाको व्यवस्था गरिएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284