
तमु धिं नेपालका अध्यक्ष कर्म तमुद्वारा सन्तबहादुर तमु स्मृति अक्षयकोष स्थापना
हुम तमु
तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष, समाजसेवी स्वर्गीय सन्तबहादुर तमुको विहिवार तमु धिं नेपालले स्मृति सभा सम्पन्न गरेको छ। स्वर्गीय तमुको योगदानको स्मरण गर्दै पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा स्मृति सभा सम्पन्न गरिएको हो। स्याङ्जा जिल्ला, फेदिखोला गाउपालिका आक्राङ गाँउ भई पोखरा १५ नयाँगाँउ निवासी तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष, कालिका बहुमुखी क्याम्पसका उपाध्यक्ष, माछापुच्छ«े बैंकका सञ्चालक सदस्य समाजसेवी गुरुङ अस्वस्थ्य भई ७१ वर्षको उमेरमा २०७५ फागुन १८ गते निधन हुनुभएको थियो।

तमु धिं नेपालका संस्थापक सल्लाहकार, सचिव, सल्लाहकार, वरिष्ठ सल्लाहकार हुदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीकै क्रममा निधन हुनुभएका स्वर्गीय सन्तबहादुर तमुको स्मृतिमा समाजसेवीहरुलाई वार्षिक रुपमा सम्मान गर्नका लागि कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले १ लाख रुपैयाको सन्तबहादुर तमु स्मृति समाजसेवा सम्मान अक्षयकोष घोषणा गर्नुभयो।
स्व.तमुको स्मृतिमा मन्तव्य व्यक्त गर्नुहुदै अध्यक्ष कर्म तमुले सधै उर्जा, प्रोत्साहन, मार्गनिर्देश गर्ने आफ्नो छायाँ हराएको बताउनुभयो।

आफुले टिका लगाउने दाई गुमाउनुपर्दाको पिडा सहन निकै कठिन भएको बताउनुहुदै उहाँले एक दिन धेरै कुरा गर्नु छ म फोन गर्छु भन्ने दाई सधैका लागि विदा भएर जानुभयो, कहिल्यै फोन नगर्ने गरी ओझेल पर्नुभयो भन्दै अध्यक्ष तमु भावुक बन्नुभयो। स्वर्गीय सन्तबहादुर तमुले काठमाडौं अध्ययनकै क्रममा तिहारमा दाजुभाई भेला गराई आफुसँग टिका लगाएको, तमु धिं नेपालको स्थापनामा योगदान, सुनिल गुरुङको हत्याकाण्ड विरुद्धको आन्दोलन, २०६६ सालमा तमु धिंले आयोजना लामा, पच्यु, क्ल्हेप्री गुरुहरुबाट प्रवचनसहित,विश्वशान्ति पुजा, २०७२ सालको महाभुकम्पको अवधिमा तमु धिं नेपालले स्थापना गरेको महाभुकम्प पुर्नस्थापना शिविर, तमु धिंले पछिल्लो पटक खरिद गरेको जग्गा उहाँकै पहलमा भएको भन्दै स्मरण गर्नुभयो।

परिवारका तर्फबाट स्व.तमुको भाई रोश तमुले दाईले आफ्नो स्वास्थ्य समस्या लुकाउदा भित्र भित्रै अत्यन्तै ठुलो समस्या बनेको बताउनुभयो। घरवरिवारसँग पनि स्वस्थ्य समस्या गोप्य राखेको जानकारी दिनुहुदै समस्या समयमै जानकारी भए उपचार हुने भाईको भनाई थियो। दाईले धेरैलाई बाटो देखाउनु भयो तर आफ्नो समस्या आफै लुकाउदा दुख लागेको बताउनुभयो।
तमु धिं नेपालका सल्लाहकार, वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले स्वर्गीय सन्तबहादुर तमुको जीवनीका बारेमा जानकारी र योगदानको चर्चा गर्नुहुदै उहाँले संस्थागत विकासका लागि दिनुभएको मार्गनिर्देशलाई तमु धिंले पछ्याइरहनुपर्ने बताउनुभयो। संस्थालाई राजनीतिबाट टाढा राख्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाई थियो।
कालिका बहुमुखी क्याम्पसका प्रमुख बालकृष्ण शर्माले विगत २७ वर्षदेखिको सन्तबहादुर तमुको सहकार्य, उहाँको प्रष्ट विचार, योजना र कठिन अवस्थाका सहारा गुमाएको बताउनुभयो। आफ्ना निम्ती स्वर्गीय तमु सधै अभाव खड्किरहेको उहाँको भनाइ थियो।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्व.तमुप्रति श्रद्धाञ्जली अर्पण गर्दै असल सल्लाहकार, सबै क्षेत्र र विधाका जानकार गुमाउदा अत्यन्त दुखित भएको बताउनुभयो।
स्व.तमुका भाइखलकका तर्फबाट नेपाली काँग्रेसका युवा नेता दिपक गुरुङले आफुहरु गुल्जार तमुको सन्तानहरु भएको भन्दै बंशावली इतिहास सुनाउनुहुदै उहाँ संस्थाको मेरुदण्ड भएको बताउनुभयो। कर्म तमुले तमु धिं हाँके पनि सधै साथ र सल्लाह दिने उहाँ नै भएको बताउनुहुदै नेता दिपक तमुले गत निर्वाचनमा टिकट लिएर आउनु तैले जित्छस भन्ने शुभकामना सम्झिरहेको बताउनुभयो।

तमु धिं नेपालका साँस्कृतिक उपसंयोजक कृष्णकुमार तमुले लामो सामाजिक योगदान, सबैका प्रिय तथा सल्लाहकार, समन्वयकर्ता असल समाजसेवी गुमाएको भन्दै उहाँको स्मृतिमा तमु धिं नेपालले केही त केही गर्नुपर्ने बताउनुभयो।
स्मृति सभामा स्व.सन्तबहादुर तमुको छोरा इञ्जिनियर गौरब तमु र भाई रोश तमुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले रुपा र ह«ेंगाद्वारा स्याई स्याई गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरुले स्वर्गीय तमुको तस्बीरमा पुष्यअर्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हुमबहादुर तमुले स्वागत र महासचिव गिरीप्रसाद तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26