ताजा खबर

तमु धिं युवा समितिको तिनदिने उद्घोषण तालिम सम्पन्न

   १९ श्रावण २०८१, शनिबार २२:१८      279 views

तमु धिं नेपाल केन्द्रिय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम शनिवार सम्पन्न भएको छ ।

युवाहरुलाई बोल्ने कलाको क्षमता अभिबृद्दी, नेतृत्व बिकासको लागि आयोजित तालिममा वरिष्ठ संचारकर्मी एभरेस्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ , तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र रेडियो गोर्खालीकी स्टेसन मेनेजर संचारकर्मी खिमा गुरुङले सहजीकरण गर्नुभएको थियो ।

३५ जना युवाहरुको सहभागीता रहेको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथी तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, प्रमुख प्रशिक्षक दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक खिमा गुरुङ र तमु धिं नेपालकि केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले तालिममा सिकेका ज्ञान ब्यवहारमा प्रयोग गर्दै ब्यक्तित्व बिकास, संस्थागत अग्रगती र समुदायको हितमा उपयोग गर्न सुझाव दिएका थिए ।

तिनदिने तालिमले सहभागीहरुलाई थप सिक्न प्रेरित हुने बताएका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट अनुभव मन्तव्य ब्यक्त गर्दै चोकबहादुर गुरुङ र अल्पिना गुरुङले तालिम अत्यन्तै उपयोगी भएको साथै सिकेका ज्ञान ब्यवहारमा प्रयोग गर्ने प्रतिवत्तता गरेका थिए । तमु धिं नेपाल केन्द्रिय युवासमितिको अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङले स्वागत मन्तव्य र सचिव रामप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284