ताजा खबर

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको अध्यक्षमा पवित्रा प्हच्यु तमु सर्वसम्मत चयन

   २ मंसिर २०८२, सोमबार २१:४२      77 views

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आठौँ महाधिवेशनले सर्वसम्मतिबाट पवित्रा प्हच्यु तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ
संघको युवा समितिले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको छ । गत कार्तिक २९ गते शनिबार पोखरा ११, रानीपौवा स्थित संघको केन्द्रीय सभाहलमा सम्पन्न महाधिवेशनले निवर्तमान महासचिवको रूपमा सफलतापूर्वक काम गरिसक्नुभएकी पवित्रा प्हच्यु तमुलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

वरिष्ठ उपाध्यक्ष होम ल्हों तमु, प्रथम उपाध्यक्ष नरमाया पैंगीलम तमु, द्वितीय उपाध्यक्ष कृष्ण ल्हेंगे तमु, उपाध्यक्ष र गण्डकी प्रदेश संयोजक कमल बहादुर चोर्मी तमु (कास्की) उपाध्यक्ष र बागमती प्रदेश संयोजक विशु लम तमु –चितवन) महासचिव हिमाल प्हच्यु तमु सह(महासचिव संतोष ङोर तमु, उपमहासचिव अनुप टुक्ल्हेप्री तमु, सचिव प्रमिशा योज तमु सहसचिव उज्ज्वल पाल्जे तमु, कोषाध्यक्ष जीवन प्हच्यु तमु सहकोषाध्यक्ष विद्या प्हच्यु तमु रहेका छन् ।


यसैगरी विभागीय संयोजकहरूमा महिला विभाग रजनी क्रोम्छें तमु, युवा विभाग उत्तम क्रोम्छें तमु, खेगी विभाग अतिश ल्हेंगे तमु, सह–संयोजक राम प्हच्यु तमु, खेलकुद विभाग मनोज कुमार सर्बुजा तमु, विदेश विभाग चन्द्र ताज्मे तमु, संघसंस्था विभाग अनिका ल्हेंगे तमु, प्रचारप्रसार विभाग राज कुमार तमु, सांस्कृतिक विभाग सुजन कोके तमु रहेका छन् ।


कार्यसमिति सदस्यहरूमा ममता कोन्मे तमु, केश बहादुर प्हच्यु तमु, प्रनित पाल्जे तमु, सागर च्हम्रु तमु, आशिष कोन्मे तमु, कुमार कुब्छे तमु, तारामान कुब्छे तमु, अश्मी लेम तमु, स्नेहा पैंगीलम तमु, पावेन कोन्मे तमु, कुसुम कोन्मे तमु, विना पर्जु तमु, टेकमान प्हच्यु तमु, निशा क्रोम्छें तमु र राज बहादुर टुक्ल्हेप्री तमु रहेका छन् ।


नव निर्वाचित अध्यक्ष प्हच्यू तमू लमजुङ, क्होला सोंथर गा.पा. भुजुङ गाउँ निवासी हाल पोखरामा रही शिक्षिका एवं सफल नृत्य निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । विगत लामो समयदेखि विभिन्न संघसंस्थाहरूमा आबद्ध भई युवा सचेतना, तमु (गुरुङ) मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको नेतृत्वले आगामी कार्यकालमा संगठनलाई थप सुदृढ, गतिशील र सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ । नवनिर्वाचित यो महिला नेतृत्वसहितको टिमले युवाहरूको सहभागिता वृद्धि गर्ने, महिला सशक्तीकरण तथा नेतृत्व विकासमा जोड दिने र संस्थालाई समावेशिता, पारदर्शिता तथा आधुनिक सोंचसहितको प्रगतिशील संस्थाको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


महाधिवेशनको उद्घाटन सत्र, समितिका अध्यक्ष शुक्रराज सर्बुजा तमुको अध्यक्षता तथा प्रमुख आमन्त्रित व्यक्तित्व तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284