
तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको सातौ महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः शुक्रराज तमू
तमु जातिको मौलिक आस्थाको धरोहर तमु प्ये ल्हु संघको केन्द्रिय युवा समितिको सातौं महाधिवेसन पोखरामा सम्पन्न भएको छ ।

महाधिवेशनले पुनः सुकबहादुर सरब्ज तमु (शुक्रराज) को अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्ष पुर्णकुमारी ल्हेंगे तमु (रुपा), द्वितिय उपाध्यक्षमा सुस्मिता प्हच्यु तमु, कोषाध्यक्षमा विश्वास कोन्मे तमु, सह–कोषाध्यक्षमा सन्तोष कुब्छें तमु, महासचिवमा सन्तोष ल्हेंगे तमु, सचिवहरु कविता कोन्मे तमु, मोहित तमु, मुक्तिमान ल्हों तमु तथा सह–सचिवमा हिमाल प्हच्यु तमुलाई चयन गरेको छ ।
यस्तै महाधिवेशनले भाषा तथा साँस्कृतिक विभाग प्रमुखमा कमलबहादुर च्हम्रु तमु, महिला विभाग प्रमुखमा प्रमिशा योजा तमु, प्रचारप्रसार विभाग प्रमुखमा राजकुमार ल्हेंगे तमु, खेगी विभाग प्रमुखमा रोशन ल्हेंगे तमु, खेलकुद विभाग प्रमुखमा मनोज कुमार सरब्ज तमु, संघसंस्था समन्वय विभाग प्रमुखमा उज्वल पाल्चे तमु, विदेश विभाग प्रमुखमा चन्द्र त्हाज्मे तमु, युवा विभाग प्रमुखमा दिलबहादुर खुलाल तमुलाई चयन गरेको छ ।

कार्य समितिको अन्य सदस्यहरुमा नरमाया पंगिलम तमु, निकेस प्हच्यु तमु, मोहनकुमार भुज्जा तमु, राजबहादुर टु क्ल्हेप्री तमु, बुद्धि ल्हेंगे तमु, सन्तोष च्हम्रु तमु, सिर्षक टु क्ल्हेप्री तमु, होम ल्हों तमु, साजन टु क्ल्हेप्री तमु, नुनुमाया प्हच्यु तमु, बुद्ध थिम्चें तमु, शोभा को क्ल्हेप्री तमु, गंगाप्रसाद टु क्ल्हेप्री तमु, तुलबहादुर कोन्मे तमु र रिदिमा टु क्ल्हेप्री तमु रहनु भएको छ ।
यसअघि महाधिवेशनको तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले उद्घाटन गर्नुभएको थियो ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25