ताजा खबर

फोटोपत्रकार मिलन तमु र प्ये ल्हु संघ युकेका अध्यक्ष खुशीमान तमुलाई पोखरामा स्वागत तथा सम्मान

   १३ माघ २०७५, आईतवार ०६:४९      3,038 views

तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङ र बेलायतका फोटो पत्रकार मिलन गुरुङलाई मिलन डी.जी. इन्टरनेशनल प्रालि र तमुस्यो रि च्हमी परिवारले शनिबार नेपालमा स्वागत गरेका छन् ।


सो अवसरमा गुरुङद्वयलाई मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङ र तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले फेटा, पुष्प गुच्छा र खादाले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उहाँहरूलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीस, मिलन फाउण्डेशन नेपालका प्रचारप्रसार संयोजक एवं फोटो पत्रकार मणि गुरुङ, तमुस्यो रि च्हमी परिवारका सदस्यहरू पुनम गुरुङ, सुगन्ध गुरुङ र सुशीला गुरुङ, गुरुङ चलचित्र अभिनेत्री खुशी गुरुङलगायतले स्वागत गर्नुभएको थियो ।


स्वागत ग्रहणपछि बोल्दै तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङले नेपालमा पाएको सम्मानले आफूलाई निकै खुशी लागेको बताउनुभयो । आगामी दिनमा संस्थागत सम्बन्धलाई स्थायित्व दिन यस सम्मानले अझै हौसला मिलेको बताउँदै अध्यक्ष गुरुङले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

उहाँले गुरुङ चलचित्रको बजार प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेको समेत जनाउनुभयो ।

मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीसले मिलन डी.जी. इन्टरनेशनलको ब्यानरमा निर्मित पहिलो चलचित्र “भेडी गोठाले”को बेलायत प्रदर्शनका लागि आयोजक बनेर महत्वपूर्ण सहयोग गरेकोमा तमु प्ये ल्हु संघ, बेलायतलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभयो ।

साथै, उहाँले फोटो पत्रकार गुरुङले समेत प्रचारप्रसारका क्षेत्रमा निकै महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो ।


तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले तमुस्यो रि च्हमी परिवारले गर्दै आएका सामाजिक कार्यहरूका बारेमा जानकारी गराउँदै विभिन्न सामाजिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताउनुभयो ।

सो अवसरमा तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङले तमुस्यो रि च्हमी परिवारलाई सहयोग स्वरुप ११ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको थियो ।


तमु प्ये ल्हु संघ, बेलायतको आयोजनामा बेलायतमा सामुदायिक भवन तथा क्होइबो धिं निर्माण सहयोगार्थ मिलन डी.जी. इन्टरनेशनल प्रालिको ब्यानरमा निर्मित पहिलो चलचित्र “भेडी गोठाले” प्रदर्शन गरिएको थियो ।

जसमा तमु चलचित्र प्रदर्शनबाट १ हजार ५ सय पाउण्ड र चलचित्रका कार्यकारी निर्माता समाजसेवी दुर्गा गुरुङ “मिलन”का तर्फबाट ५ सय पाउण्ड गरी जम्मा २ हजार पाउण्ड तमु प्ये ल्हु संघ, बेलायतलाई हस्तान्तरण गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284