ताजा खबर

तमु साँस्कृतिक प्रतिष्ठानद्धारा छात्रवृत्ति वितरण

   ४ आश्विन २०८१, शुक्रबार ११:४४      155 views

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा शैक्षिकसत्र २०८१ को लागि “तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ यही असोज ३ गते, बिहीबार पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमुले “छात्रवृत्ति प्राप्त गर्न सफल हुनु भनेको गरिब भएको कारण नभइ आफ्नो क्षमता र दक्षताले प्राप्त गरेको एउटा पुरस्कार हो” भन्नुभयो । तमुले यसरी सफलता हासिल गरेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गरी आफू योग्य बनेर राष्ट्रको लागि योगदान पु¥याउने स्वप्न देख्न पनि आग्रह गर्नुभयो ।


कार्यक्रममा चण्डी डाँडा मा.वि. का शिक्षक दिप्तीदत्त अधिकारी, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरु सूर्योदय मा.वि. घाम्राङ, लमजुङमा कक्षा ९ मा अध्ययनरत स्वप्निमा तमु, माउन्ट अन्नपूर्ण मा.वि. नदीपुर, पोखरामा कक्षा ११ अध्ययनरत पूर्णिमा तमुले मन्तव्य राखेका थिए ।


कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । असोज ५ गते शनिबार गोर्खा र लमजुङमा छात्रवृत्ति वितरणका लागि कार्यक्रम तय गरिएको कुरा संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए । हालसम्म ४४८ जना विद्यार्थीहरु यस छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित भइसकेका छन् भने यो बर्ष १८७ जना विद्यार्थीहरुले छात्रवृत्ति पाइरहेका छन् । कक्षा ९ देखि १२ कक्षासम्म लगातार ४ बर्ष छात्रवृत्ति प्राप्त गर्ने यस कार्यक्रम अनुसार यो शैक्षिकसत्रमा ८४ जना कक्षा ९ का लागि नयाँ विद्यार्थीहरु लिखित र मौखिक परीक्षाबाट प्रतिस्पर्धा गरी छनौट हुन सफल भएका हुन् ।


संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए भने सचिव कन्चन तमुले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरु, संस्थापक सदस्यहरु, अक्षयकोष दाताहरु, शिक्षक तथा अभिभावकहरु र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284