
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा शैक्षिकसत्र २०८२ को छात्रवृत्तिको लागि नयाँ विद्यार्थी छनौट परीक्षा सम्पन्न गरेको छ ।

बिगत १६ बर्षदेखि निरन्तर रुपमा ग्रामीण भेगका सार्वजनिक विद्यालयहरुमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुको लागि सन्चालन गर्दै आइरहेको छात्रवृत्ति वितरण कार्यक्रममा यस बर्ष कास्की, तनहुँ, स्याङ्जा र पर्वतका विद्यार्थीहरुलाई समावेश गरिएको संस्थाका प्रथम उपाध्यक्ष एवं छात्रवृत्ति छनौट परीक्षा उपसमितिका संयोजक श्रीजङ तमुले जानकारी दिनुभयो ।
चार जिल्लाका विभिन्न विद्यालयहरुबाट ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको यस परीक्षामा लिखित र मौखिक मुल्यांकनबाट उत्कृष्टताको आधार ८ जना विद्यार्थीहरु छनौट गरिने र यस बर्षबाट छात्रवृत्ति रकम वृद्धि गरी बार्षिक रु १२,०००/- प्रति व्यक्ति कक्षा ९–१२ सम्म निरन्तर रुपमा प्रदान गरिने संस्थाका अध्यक्ष चित्रबहादुर तमुले बताउनुभयो ।

जेठ १० गते, शनिबार पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न भएको छनौट परीक्षामा उपसमितिका संयोजक श्रीजङ तमुले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने प्रश्नपत्र र परीक्षा सम्बन्धमा संस्थाका सदस्य लोकबहादुर तमुले प्रष्ट पार्नुभएको थियो ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न भएको औपचारिक कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, प्रधानाध्यापकहरु एवं शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38