
तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा सुदिप गुरुङ
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी समितिको दोस्रो अधिवेशन यही शनिबार तमु धीं नेपाल, नयाँ बजारमा सम्पन्न भएको छ ।

अधिवेशनले सुदिप गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा जितेन गुरुङ र उपाध्यक्ष प्रिया गुरुङ, सचिवमा कविता गुरुङ, सहसचिवमा प्रज्ज्वल गुरुङ र कोषाध्यक्षमा पञ्चकुमारी गुरुङ, सहकोषाध्यक्षमा एलिना गुरुङ चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा हसिला गुरुङ, मुना गुरुङ, मोनिका गुरुङ, कृष्टिना गुरुङ, तारा गुरुङ, कल्पना गुरुङ, नेहा गुरुङ, चित्रकाशी गुरुङ, लिजा गुरुङ, विनोद गुरुङ, प्रेम गुरुङ र आकृति गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको पहल र समन्वयमा सम्पन्न उक्त अधिवेशन प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुको संयोजकत्वमा कोषाध्यक्ष श्यामबहादुर तमु र सदस्य लोकबहादुर तमुको तीन सदस्यीय निर्वाचन मण्डलले पूर्णता दिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमु, प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्य लोकबहादुर तमु, नव निर्वाचित विद्यार्थी समितिको अध्यक्ष सन्दिप तमु तथा सचिव कविता तमुले आफ्ना भनाई राख्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कञ्चन तमुले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26