ताजा खबर

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

   १६ भाद्र २०८०, शनिबार १९:४५      475 views

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २१औं वार्षिक साधारणसभा पोखरा, नयाँ बजार स्थित तमु धींको रोधीं हलमा शनिबार सम्पन्न भएको छ ।

प्रमुख अतिथी गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत (आठौं तह), तथा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमुले संस्थाको काम प्रशासनिक रूपमा सुस्त, चुस्त, दुरुस्त तरिकाले सार्वजनिक हुनु पर्नेमा प्रतिष्ठानले यो मान्यता र कार्यलाई इमानदारी पूर्वक निर्वाह गरेको कुरा व्यक्त गर्नुभयो ।


समुदायलाई हरेक क्षेत्रमा पहुँच पुर्याउन र विकास गर्न शिक्षा, सन्चार र साहित्य (३ स) मा अग्रसर हुनुपर्ने कुरा व्यक्त गर्दै गुरुङ साहित्यिक मन्च नेपालका अध्यक्ष गौरी तमुले आफ्ना भनाई राख्नुभएको यस कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदिप तमु, तमु धीं नेपाल महिला समितिका अध्यक्ष पवित्रा तमु, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुले मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा आजिवन सदस्य मनकुमारी तमुले उहाँको बुवा स्व. केशबहादुर तमु र आमा स्व. विरमाया तमुको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति बराबरको रकम रु १,२५,०००÷– अक्षयकोष स्थापना गर्नुभएको छ । त्यसरी नै तमु समाज वेल्जियमका निवर्तमान अध्यक्ष ओमराज तमु र उहाँको श्रीमती टिकादेवी तमुले पनि स्व. बुवा यमबहादुर तमु र स्व. आमा मनकाउरी तमुको स्मृतिमा अक्षयकोष रकम रु. १,२५,०००÷– प्रतिष्ठानलाई प्रदान गर्नुभयो ।


कार्यक्रममा सचीव कन्चन तमुले प्रस्तुत गरिएको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर तमुले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । साथै नव नियुक्त विद्यार्थी समितिका अध्यक्ष सुदिप तमुलाई मुल समितिको पदेन सदस्यमा मनोनित गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ ।


प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सह–सचीव भेषराज तमुले सन्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284