
तमु साँस्कृतिक प्रतिष्ठानद्वारा तमु विद्यार्थीहरुलाई कानूनी सचेतना तालिम
कञ्चन गुरुङ
पोखरा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुका लागि एक दिने “कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण” कार्यक्रम शनिबार पोखरामा सम्पन्न गरेको छ ।

नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि.को सभाहलमा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवम् मुख्यमन्त्री कार्यालय गण्डकीका उपसचिव तेजबहादुर च्हाक्ली तमु, तमु, संथाका निवर्तमान अध्यक्ष चिजकाजी तमु लगायतले ब्यानरमा हस्ताक्षर गरि समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कानूनी सचेतना सम्बन्धि नागरिक संवाद केन्द्र गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी तमुले र वक्तृत्वकला सम्बन्धि रेडियो नेपाल प्रादेशिक प्रशारण गण्डकीका उप–प्रमुख शान्ती तमुले सहजीकरण गर्नुभएको थियो ।
३० जना प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले आफुहरुलाई जीवनमा प्रयोग हुने ज्ञान र सीप प्राप्त हुनुका साथमा सचेत बनाएकोले अति नै जीवनोपयोगी शिक्षा हासिल गरेको प्रशिक्षार्थीहरुको भनाई रहेको छ ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव कञ्चन तमु र सदस्य लोकबहादुर तमुले सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
२ श्रावण २०८२, बिहीबार १५:२१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38