ताजा खबर

तमूमै ताँको शैक्षिक जागरण अभियान ट्रिपल शिक्षा कार्यक्रम सिक्लेसमा सम्पन्न

   २५ बैशाख २०७६, बुधबार १०:३८      3,186 views

कास्कीको मादी गाउँपालिका वडा नं.१ सिक्लेसमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । तमू भाषाको टेलिभिजन कार्यक्रम “तमूमै ताँ” को अभियानमा संचालित कार्यक्रम शिक्षा, शिक्षा, शिक्षा अभियान अन्तर्गत शिक्षक सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न भएको हो ।

सिक्लेस आमा समुहकी अध्यक्ष नौमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम मादी गाउँपालिकाको उपाध्यक्ष विष्णुमाया पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रोत्साहन र हौसला दिनको निम्ति शिक्षकलाई सम्मान गरिएको तमूमै ताँ कार्यक्रमको निर्देशक एवम सामाजिक अभियन्त युगबहादुर गुरुङले बताउनुभयो ।

अन्नपूर्ण मा. वि. का शिक्षक कर्मचारीलाई सम्मान गरिएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुमाया पौडेल, मादी २ का वडा अध्यक्ष सुरजकुमार गुरुङ, शिक्षकहरु शेखरनाथ तिवारी, गेहेन्द्र गुरुङले शिक्षाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

सोहि कार्यक्रममैै पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा कार्यक्रम वडा नं.१ सिक्लेसबाट सुरुवात गरिएको छ । कार्यक्रममा किशोरीहरुलाई निःशुल्क प्याड पनि वितरण गरिएको थियो ।

सिक्लेस युवा क्लवका सचिव मिलन गुरुङले सञ्चालन गर्नुभएको सो सम्मान कार्यक्रममा शिक्षा, शिक्षा, शिक्षा अभियानलाई सफल बनाउनका निम्ति सिक्लेस पार्चे समाज युकेका अध्यक्ष एवम चन्दादाता कोलप्रसाद गुरुङले नगद १० हजार सहयोग गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284