ताजा खबर

तमूवान प्रदेश स्वायत्तताको लागि गृहकार्य आवश्यक छ ः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ

   २८ चैत्र २०७८, सोमबार १७:१३      780 views


गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले तमूवान प्रदेशको स्वायत्तताको लागि गृहकार्य आवश्यक रहेको बताएका छन् ।

सोमबारबाट चितवनको भरतपुरमा शुरु भएको तमू ह्युल छोँज धीँ (गुरूङ राष्ट्रिय परिषद) को चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरूङले ‘गण्डकी प्रदेशलाई तमूवान प्रदेश बनाउनुपर्छ भन्दै गर्दा होमवर्क नगरी माग राख्न उपयुक्त नहुने बताएका छन् । त्यसैले पहिले होमवर्क गर्नुस् ।’


जातीय पहिचानको मुद्धालाई उठाउन संविधानमा टेकेर काम गर्नुपर्ने उनको भनाइ छ । तमू ह्युल छोँज धीँको स्थापना भइसकेपछि देशभरका गुरूङ समुदाय एक ठाउँमा उभिन सफल र सक्षम भएको भन्दै अबदेखि आफ्नो जातिको पहिचानलाई स्थापित गराउन बाँकी गृहकार्य गर्नुपर्ने उनको सुझाव थियो ।

तम१ ह्युल छोँज धीँका अध्यक्ष रेशम गुरूङले भने गण्डकी प्रदेशलाई तमूवान प्रदेश बनाउन प्रदेश प्रमुखले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

भारतका केही राज्य त्यहाँको स्थानीय भाषा, जाति र संस्कृतिको आधारमा घोषणा भएको उदाहरण दिँदै उनले भने, ‘नेपालमा पनि हामीले सरकारले दिन नसक्ने कुरा मागेका होइनौँ, आफ्नो पहिचानसहितको राज्य मागेका हौँ ।


त्यसैले हामी तमूवान प्रदेशलाई गण्डकी प्रदेश भनेर मान्न सक्दैनौ ।’ भारतको तेलङ्गना राज्य पनि लामो समयसम्मको संघर्षपछि पाएको उनले बताए । ‘दार्जिलिङमा पनि गोर्खाल्याण्डको मुद्धा उठेको धेरै भइसक्यो,’ उनले भने, ‘त्यसैले हामी आजै निराश नहोऔ । एक दिन हाम्रो कुरा पनि सुनुवाई होला ।’


कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले नेपालमा आदिवासी आन्दोलनमा गुरूङ समुदायको भूमिका मह¤वपूर्ण रहेको बताए ।

‘आदिवासी जनजातिका हरेक मुद्धामा गुरूङ समुदायको भूमिका अपरिहार्य र अनिवार्य छ,’ उनले भने, ‘अन्य जातिले पनि आफ्नो हक अधिकार प्राप्तिका लागि गुरूङ समुदायबाट पाठ सिक्नुपर्छ ।’ सोमबारबाट सुरू भएको महाधिवेशनले कुल ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको ह्युल छोँज धीँका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरूङले जानकारी दिए ।

उनका अनुसार भोलि मंगलबार नयाँ कार्यसमिति घोषणा हुनेछ । देशभरका ६५ जिल्लाबाट करिब एक हजार प्रतिनिधि चितवन आएका छन् । महाधिवेशनको स्थानीय संयोजन भने चितवन जिल्ला समितिले गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284