ताजा खबर

तमूहरुको इतिहास पच्यु, क्लेप्री र बोन लमसँग मात्रै छ यीनिहरुको संरक्षण गर्नुस, मुख्यमन्त्री गुरुङ

   २९ भाद्र २०७६, आईतवार ०९:१७      4,240 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङहरुको अहिलेसम्म कुनै लिखित इतिहास नभएको र यो जातिको मौखिक इतिहास केवल पच्यु क्लेप्र र बोनपो लमसँग मात्रै रहेकोले यीनिहरुको संरक्षण गर्न सबै तमूहरुलाई अनुरोध गर्नुभएको छ ।


तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले पोखरा सभागृहमा आयोजना गरेको स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

साथै मुख्यमन्त्री गुरुङले नेपालमा सुगौली सन्धि भएको समयमा गुरुङ जातिले सबै भन्दा बढी वीरता देखाएकोले त्यही बेलादेखि अङग्रेजहरुको नजरमा गुरुङहरु परेको र लहुरे हुने क्रम सुरु भएको भन्दै जुनदिनदेखि गुरुङहरु लाहुर जान थाले त्यही दिनदेखि गुरुङहरुको भाषा संस्कृति माथि अतिक्रम हुने क्रम सुरु भएको बताउनुभयो ।

साथै मुख्यमन्त्री गुरुङले आफू सुरुसुरुमा चुनाव लडदा गुरुङ गाउँहरुमा भोट माग्न जाने बेलामा नेपाली भाषा नबुझेर गुरुङ भाषामा भाषण गर्दै हिडे पनि अहिले गुरुङ गाउँहरुमा गुरुङ भाषा नबुझने भई सकेको बताउँनु भयो ।

तमू भाषा र संस्कृतिको संरक्षण गर्ने काममा तमू प्ये ल्हु संघ र यसको भातृ संस्था युवा समितिले गर्दै आएकोमा आफूलाई खुसी लागेको भन्दै उहाँले साँस्कृतिक कार्यक्रम मार्फत मौलिक धर्म र संस्कारको कुरालाई प्रस्तुत गरेर युवाहरुले महत्वपूर्ण कदम चालेको बताउनुभयो ।

अहिले राज्यले सबै जातिको भाषा र धर्म एउटै हो भनेर भनेता पनि व्यवहारमा भने त्यो किसिमको समानता नभएको भन्दै अझै पनि गुरुङहरु आफनो समान हक अधिकारको लागि राज्यसँग लडन जरुरी रहेको बताउनुभयो ।

तस्विर दिलु कोन्मे तमू

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284