ताजा खबर

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त

   १२ माघ २०७७, सोमबार १७:४६      1,296 views

तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ ।

कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहनु भएका गुरुङककी आमा हरिामाया गुरुङको आज बिहान् आफनै निवास पोखरा १४ चाउथेमा ८८ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको आजै बौद्ध अर्घौ सदन रामघाट पोखरामा अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टी गरिएको छ ।

बौद्ध अर्घौ सदनमा चार भञ्ज्याङ तमू समाज पोखराले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा तमू धीं नेपाल केन्द्रिय कार्य समिति, बौद्ध अर्घौ सदन पोखरा, तमू प्ये ल्हु संघ कास्की, तमू साँस्कृतिक प्रतिष्ठान नेपाल, गुरुङ साहित्यिक मञ्च नेपाल, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी प्रदेश र कास्की जिल्ला समिति, हिमाली साँस्कृतिक परिवार, ताङतिङ दुध पोखरी तमू समाज, एलिना गुरुङ जिताऔ अभियान समिति, गुरुङ फिल्म एशोसियशन नेपाल,

तमू ह्युल छोंज धी कास्की, नेपाल पत्रकार महासंघ कास्की, धर्मकाया बुद्ध मण्डला समिति, तमू कलाकार संघ गण्डकी प्रदेश समिति, तमू कलाकार संघ गण्डकी प्रदेश समिति, तमू धी नेपाल केन्द्रिय आमा समिति लगायतको संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले पुष्प गुच्छ सहित श्रद्धाञ्जली अर्पण गरेका थिए भने गण्डकी प्रदेशका सांसदहरु मनबहादुर गुरुङ, राजीव पहारी, इन्द्रधारा विष्ट, मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।


पर्वतको फलेबास नगरपालिका खाल्टेमा १९९० साल वैशाख १० गते जन्मिनु भएका हरिमाया गुरुङको हालको ठेगाना भङगारा टोर्के हो । उहाँ विगत १२÷१३ वर्षदेखि विरामी हुनुहुन्थ्यो । उहाँको ६ जना छोराहरु २ जना छोरीहरु एवम् २ जना नाति र ९ जना नातिनीहरु हुनुहुन्छ ।

साइला छोरा हुमबहादुर गुरुङ हाल तमू धीं नेपालको अध्यक्ष हुनुहुन्छ भने उहाँ फोनिज कास्कीको पुर्व अध्यक्ष एवम् वर्तमान गण्डकी प्रदेश प्रमुख, तमू सञ्चारकर्मी संघ नेपालको संस्थापक संयोजक, पत्रकार महासंघ कास्कीको पुर्व कार्य समिति सदस्य तथा कास्की आवाज राष्ट्रिय दैनिकको प्रधान सम्पादक हुनुहुन्छ । भने काइला छोरा फत्तबहादुर गुरुङ राष्ट्रिय खेलकुद परिषदको पुर्व सदस्य एवम् तेक्वान्दो प्रशिक्षक हुनुहुन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284