ताजा खबर

तमू धीं नेपालमा १० केन्द्रिय सदस्य मनोनित भएसँगै कार्य समितिले पूर्णता पायो

   २६ मंसिर २०७७, शुक्रबार ११:२९      1,007 views

तमू जातिको पुरानो सामाजिक संस्था तमू धीं नेपालको केन्द्रिय समितिले पूर्णता पाएको छ । विधानअनुसार समाज, आवद्ध संस्थाहरुको सिफारिस मध्ये १० जना मनोनित गरे पश्चात् तमू धींको कार्यसमितिले पूर्णता पाएको हो ।

तमू धीं नेपालको पदाधिकारी बैठकले केन्द्रिय सदस्यमा तनहुँ तमू समाजका गोपाल गुरुङ, खिलाङ तमू समाजका कौशिला गुरुङ, चारभञ्ज्याङ तमू समाजका कृष्णकुमार गुरुङ, तमू सहयोग समिति पार्दीका शशीकुमार गुरुङ, ताङतिङ दुधपोखरी तमू समाजकी शान्ति गुरुङ, तमू कलाकार संघका सुरेन्द्र गुरुङ, बगालेटोल तमू समाजका प्रेमबहादुर गुरुङ, तमू सेवा समिति नयाँबजारकी बालकुमारी गुरुङ,

महिलाहरुबाट चारभञ्ज्याङ तमू समाजकी बिना गुरुङ र तमू साँस्कृतिक प्रतिष्ठान नेपालका तर्फबाट सिफारिस गरिएका श्रीजङ गुरुङलाई मनोनयन गरिएको महासचिव जुनाकुमारी गुरुङले जानकारी दिनुभयो । तमू साँस्कृतिक प्रतिष्ठानलाई हरेक कार्यसमितिमा एक जना प्रतिनीधि सिफारिस गर्न पाउने तमू धीं नेपालले व्यवस्था नै गरेको छ ।


तमू धीं नेपालको विधान अनुसार पदाधिकारी पहिलो चरणमा प्रत्यक्ष निर्वाचित र सदस्यहरु समाजहरुले सिफारिस गरिएका मध्ये मनोनयन गरिन्छ । मनोनयन गर्दा तमू धीं नेपालको आजीवन सदस्य भएको, तमू धीं नेपालको विधानलाई आत्मसाथ गर्दै विगतदेखि क्रियाशिल रहेको, आगामी दिनमा थप क्रियाशील रहने र लिंग, क्षेत्र लगायतलाई विशेष ध्यान दिदै आएको अध्यक्ष हुमबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार सिफारिस भई आएका अन्यलाई समुदायको सेवाका लागि उचित विभिन्न विभागिय जिम्मेवारी दिइने छ ।


तमू धीं को उद्देश्य प्राप्तिका निम्ती जिम्मेवारी र टिमस्पिरिटका साथ तमू समुदाय, समाज र राष्ट्रकै हितका लागि तमू धीं नेपालको कार्यसमिति जुट्ने उहाँको भनाई छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284