ताजा खबर

तमू धीं युके र साहारा युकेलाई तमू धीं नेपालमा स्वागत

   ११ माघ २०७६, शनिबार २०:४१      1,128 views

हुम तमू

युकेमा रहेर सामुदायिक हितका लागि जुटिरहनुभएका तमू धीं युके र सहारा युकेका अभियन्ताहरुलाई तमू धीं नेपालले शनिवार स्वागत गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमू धीं नेपालमा आयोजित कार्यक्रममा तमू धीं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमू धी युके र एनआर एन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, सल्लाहकार चन्द्रमान गुरुङ, कार्यसमिति सदस्य भोजबहादुर गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष मिनबहादुर गुरुङ, कोषाध्यक्ष सारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, तमू धी युके तथा सहारा युकेका सदस्य चन्द्र गुरुङ, एनआएएन का रविन्द्र गुरुङलाई तमू धी नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले खादा लगाएर स्वागत गर्नुभएको थियो।


उक्त अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै तमू धी युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले युकेमा पोखरा आगमन हुदाँको स्वागत तथा आतिथ्यताले समाजसेवा र सामाजिक अभियन्ताको महत्व महसुस हुने र थप सेवा गर्न प्रोत्साहन मिल्ने बताउनुभयो।

तमू धीं नेपालको स्थापनाको इतिहास, तमुहरुको लागि गरेको सेवा र संस्थागत महत्वको अनुभूतिले नै युकेमा पनि तमू धीं स्थापनाको प्रेरणा मिलेको बताउनुभयो। तमु धिं युके स्थापना पश्चात युके र नेपालमा सामुदायिक लगायत विभिन्न विकास र संस्थागत साथ सहयोग गरिएको बताउनुभयो।


पोखरा रंगशालाको पर्खाल, तमू साँस्कृतिक प्रतिष्ठानको तमू विद्यार्थीलाई छात्रवृत्ति, सहारा पोखरालाई सहयोग, महाभुकम्पमा तमू धीं युकेको भुमिका, धर्मकाया बुद्ध मण्डला, बाढी पहिरो, विभिन्न इभेण्टहरुमा सहकार्य र संघ संस्थाहरुसँग हार्दिकता सबै सामु स्पष्ट भएको उहाँले बताउनुभयो। यसरी नै दुइवर्ष अघि देखि तमु समुदायका लागि त्रिभाषिक सास्कृतिक पुस्तक लेखन तमु कल्चरल फोरमले गरिरहेको जानकारी दिनुहुदै विगतमा क्होला सोंथर भ्रमणमा साथसहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।


कार्यक्रमको अध्यक्षता गर्नुभएका तमू धीं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले व्यस्तताको बावजुद आमन्त्रणलाई स्विकार गर्नुभएकोमा धन्यवादका साथै स्वागत गर्नुहुदै तमू धीं युकेको सामाजिक सेवा र क्रियाशीलताले आफुहरु प्रेरित भएको बताउनुभयो। तमु अभियन्ताहरु जहाँ रहेपनि एउटै लक्ष्य र उद्धेश्यसहित सेवामा जुटेकाले तमू धीं युके र तमू धीं नेपालको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।


कार्यक्रममा सचिव अधिवक्ता जुनाकुमारी गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284