तमू प्ये ल्हु संघ केन्द्रिय समितिको पाँचौ महाधिवेशन पोखरामा सुरु
तमू प्ये ल्हु संघ केन्द्रिय समितिको २९औं वार्षिक साधारणसभा एवम् पाँचौ महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ ।
संघको केन्द्रिय कार्यालय तुलसीघाट पोखरामा सुरु भएको महाधिवेशनमा संघका विभिन्न जिल्ला समितिबाट प्रतिनिधि पर्यवेक्षकहरुको व्यापक सहभागिता रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवम् कार्यबाहक मुख्यमन्त्री किरण गुरुङले नेपालमा जातीय साँस्कृतिक र धार्मिक हिसाबले विविधता रहेको भएता पनि गुरुङ जातिको आफ्नै भाषा धर्म संस्कृति रहेको बताउनुभयो ।
गुरुङहरुको खास धर्म के भन्ने कुरामा सबै प्रष्ट भएर जान जरुरी रहेको उहाँको भनाई छ ।
भाषाका हिसाबले पच्यु क्हेप्रीले शास्त्रमा जुन भाषामा प्रयोग गर्छन त्यो पनि गुरुङ भाषा नै हो । त्यसकारण हामी गुरुङले गर्व गर्नुपर्छ कि हाम्रो भाषामा विविधता छ धर्ममा विविधता भए पनि हामीले आफनो भाषा संस्कृतिलाई जोगाई राख्न जरुरी रहेको बताउनुभयो ।
साथै उहाँले हामी भित्रको संकीर्णतालाई त्यागेर फराकिलो सोचका साथ अघि बढनुपर्ने समेत बताउनुभयो ।
गुरुङहरु लामा मान्नेले बौद्ध लेख्नु वा पच्यु मान्नेले बोेन लेख्नु विभाजित हुनु नभई संविधानले उनीहरूलाई स्वतन्त्रता दिएको उहाँको भनाई रहेको छ ।
कार्यक्रममा बोन धर्मलाई देश विदेशमा फैलाउन महत्वपूर्ण योगदान दिएको भन्दै पच्यु चिवा यारजंग क्रोम्छै तमूलाई नगद ११ हजार ५ सय सहित शेरबहादुर च्हाक्ली तमू स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।
संघका अध्यक्ष हितकाजी टु तमूको अध्यक्षतामा भएको महाधिवेशनको उदघाटन सत्र महासचिव शान्ति तमूले सञ्चालन गर्नुभएको थियो भने बोन लम गंगाबहादुर पैगी लम तमूले आर्शीवाद मन्त्र उच्चारण गर्नुभएको थियो ।
महाधिवेशन अन्तरगत भोलि आगामी ३ वर्षका लािग नयाँ कार्य समितिको चयन हुनेछ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09