ल्होसारको अवसरमा डा.हर्क–डा.चन्द्र सन्त उच्च शिक्षा सम्मानबाट सम्राट गुरुङ सम्मानित हुँदै
पोखरा
तमू ल्होसारको अवसरमा तमू धिं नेपालले वार्षिक प्रदान गर्दै आईरहेको डा.हर्क–डा.चन्द्र सन्त उच्च शिक्षा सम्मानबाट सम्राट गुरुङ भोलि तमू ल्होसारको दिन सम्मानित हुने भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ८ ल्वाङ गाउँमा जन्मिनु भएका सम्राट गुरुङले एस.एल .सी र प्लस टु लेभलको पढाइ सबलाईम माध्यमिक विद्यालयबाट विशिष्ट श्रेणीमा उतिर्ण गर्नुभयो भने उत्कृष्ट नतिजा सहित ला ग्राण्डी इन्टरनेशनल कलेजबाट जनस्वास्थ्यमा स्नातक र कालिका बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर तहको पढाई पूरा गर्नु भएको छ ।
यसैगरी पृथ्वी नारायण क्याम्पसबाट कानुन विषयमा एल.एल.बि अर्थात स्नातक गर्नु भएका उहाँ कुल १ सय ९२ जना विद्यार्थी मध्ये सर्वोउत्कृष्ट नतिजा सहित उतिर्ण हुन सफल हुनुभएको थियो ।
उहाँले गोर्खाली रेडियो १०६ मेघाहर्जमा ५ वर्ष कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नु भएको छ । यसैगरी यू.एस.एडको आर्थिक सहयोगमा सि.आई.एल नेपालको प्रोजेक्टमा कार्यक्रम अधिकृतको रुपमा पनि काम गर्नुभयो भने निवर्तमान गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको स्वकीय सचिवालयमा सह–स्वकीय र प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसक्नु भएको छ ।
आध्यात्म, दर्शन, वातावरण, संस्कृत र अनुसन्धानमा विशेष रुचि राख्नु हुने गुरुङ अहिले काठमाडौमा अध्ययन र अनुसन्धानमा सक्रिय हुनुहुन्छ । साथै उहाँ बौद्ध दर्शनमा एम.फिल\पि.एच.डी गर्ने तयारीमा समेत जुटनु भएको छ ।
सामाजिक कार्य र प्राज्ञिक अनुसन्धानमा सक्रिय गुरुङलाई आफ्नो गुरुङ समुदायको पनि लगाव त्यति नै रहेको छ । हाल उहाँ गुरुङहरुको महत्वपूर्ण संस्था गुरुङ साहित्यिक मञ्च नेपालको महासचिव र तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको सचिव पनि हुनुहुन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38