ताजा खबर

ल्होसारको अवसरमा डा.हर्क–डा.चन्द्र सन्त उच्च शिक्षा सम्मानबाट सम्राट गुरुङ सम्मानित हुँदै

   १४ पुष २०८१, आईतवार २२:०९      372 views

पोखरा
तमू ल्होसारको अवसरमा तमू धिं नेपालले वार्षिक प्रदान गर्दै आईरहेको डा.हर्क–डा.चन्द्र सन्त उच्च शिक्षा सम्मानबाट सम्राट गुरुङ भोलि तमू ल्होसारको दिन सम्मानित हुने भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ८ ल्वाङ गाउँमा जन्मिनु भएका सम्राट गुरुङले एस.एल .सी र प्लस टु लेभलको पढाइ सबलाईम माध्यमिक विद्यालयबाट विशिष्ट श्रेणीमा उतिर्ण गर्नुभयो भने उत्कृष्ट नतिजा सहित ला ग्राण्डी इन्टरनेशनल कलेजबाट जनस्वास्थ्यमा स्नातक र कालिका बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर तहको पढाई पूरा गर्नु भएको छ ।

यसैगरी पृथ्वी नारायण क्याम्पसबाट कानुन विषयमा एल.एल.बि अर्थात स्नातक गर्नु भएका उहाँ कुल १ सय ९२ जना विद्यार्थी मध्ये सर्वोउत्कृष्ट नतिजा सहित उतिर्ण हुन सफल हुनुभएको थियो ।


उहाँले गोर्खाली रेडियो १०६ मेघाहर्जमा ५ वर्ष कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नु भएको छ । यसैगरी यू.एस.एडको आर्थिक सहयोगमा सि.आई.एल नेपालको प्रोजेक्टमा कार्यक्रम अधिकृतको रुपमा पनि काम गर्नुभयो भने निवर्तमान गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको स्वकीय सचिवालयमा सह–स्वकीय र प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसक्नु भएको छ ।

आध्यात्म, दर्शन, वातावरण, संस्कृत र अनुसन्धानमा विशेष रुचि राख्नु हुने गुरुङ अहिले काठमाडौमा अध्ययन र अनुसन्धानमा सक्रिय हुनुहुन्छ । साथै उहाँ बौद्ध दर्शनमा एम.फिल\पि.एच.डी गर्ने तयारीमा समेत जुटनु भएको छ ।


सामाजिक कार्य र प्राज्ञिक अनुसन्धानमा सक्रिय गुरुङलाई आफ्नो गुरुङ समुदायको पनि लगाव त्यति नै रहेको छ । हाल उहाँ गुरुङहरुको महत्वपूर्ण संस्था गुरुङ साहित्यिक मञ्च नेपालको महासचिव र तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको सचिव पनि हुनुहुन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284