
तमू सञ्चारकर्मी संघको चौथो राष्ट्रिय महाधिवशन फागुन १६ देखि १८ गतेसम्म हुने
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रिय समितिको चौथो राष्ट्रिय महाधिवेशन आगामी फागुन १६ देखि १८ गतेसम्म हुने भएको छ ।

हिजो पोखरामा सम्पन्न भएको केन्द्रिय समितिको बैठकले गण्डकी प्रदेशको कुनै एउटा पर्यटकीय गाउँमा महाधिवेशन गर्ने निणर्य गरेको छ । स्थान भने स्थानियहरुसँग छलफल गरेर मात्रै तय गरिने तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका कार्यबाहक अध्यक्ष रविन गुरुङले जानकारी दिनुभयो ।
महाधिवेशन गर्नको लागि संघका कार्यबाहक अध्यक्ष रविन गुरुङको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसमा संघको १५ जना केन्द्रिय कार्य समिति तथा आश गुरुङ (बि) र मिना गुरुङ (लमजुङ), संघको कास्की जिल्ला अध्यक्ष शान्ति गुरुङ, सचिव सुरज गुरुङ र कोषाध्यक्ष शिला गुरुङ (कास्की), गजेन्द्र गुरुङ (बाँके) र नविन गुरुङ (सुनसरी) रहेका छन् ।
यस्तै कोषाध्यक्ष चित्रबहादुर गुरुङ (लाला) को संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा दीपेन्द्र गुरुङ (काठमाडौं), शिला गुरुङ र सुरज गुरुङ (कास्की) तथा चित्र सोल्टी गुरुङ (चितवन) रहेका छन् ।

यस्तै संघकी महासचिव गंगादेवि गुरुङ (काठमाडौं) को संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा सचिव रोशनी गुरुङ (कास्की) र कार्य समिति सदस्य शोभा गुरुङ (बाँके) रहेका छन ।
यस्तै संघकी कास्की जिल्ला अध्यक्ष शान्ति गुरुङको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ । जसको सदस्यमा मिना गुरुङ (लमजुङ) र खिमा गुरुङ (कास्की) रहेका छन ।
यस्तै संघको कार्य समिति सदस्य आश गुरुङको संयोजकत्वमा आवास तथा यातायात व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा जित गुरुङ (कास्की) र दिलप्रसाद गुरुङ (कास्की) रहेका छन ।
यस्तै संघका सल्लाहकार खिम घलेको संयोजकत्वमा संघका संस्थापक संयोजक हुम गुरुङ र निवर्तमान अध्यक्ष डण्ड गुरुङ सदस्य रहेको निर्वाचन तथा अध्यक्ष मण्डल गठन गरिएको छ ,
यस्तै बैठकले संघकी अध्यक्ष मिना गुरुङको संयोजकत्वमा सबै तमू सांसद एवम् स्थानिय तहका तमू प्रमुख र उपप्रमुखहरुलाई कार्यक्रममा सहभागि हुन समन्वय गर्ने निणर्य गरिएको छ ।
यस्तै संघका पूर्व अध्यक्ष गणेशमान गुरुङको संयोजकत्वमा अग्रज तमू पत्रकार तथा संघका सल्लाहकारहरुलाई समन्वय गर्ने निर्णय गरेको छ भने संघको दिल्ली स्थित सल्लाहकार खुम गुरुङको संयोजकत्वमा विदेशमा रहेका तमू पत्रकारहरुलाई समन्वय गर्ने जिम्मा दिने निर्णय गरेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26