ताजा खबर

तमू सञ्चारकर्मी संघको बैठक सम्पन्न, समस्यमा परेका तमू पत्रकारलाई सहयोगको लागि पहल गर्ने

   ६ जेष्ठ २०७७, मंगलवार २०:२६      1,037 views


तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रिय समितिको अनलाइन बैठक आज सम्पन्न भएको छ ।

अध्यक्ष रविन गुरुङको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका कारण समस्यमा परेका तमू सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउनका निम्ति छिटै पहल गर्ने लगायतको विषयमा छलफल भएको छ ।

बैठकमा आ–आफ्नो सुझाव राख्दै सबै सदस्यहरुले यो विपतीको समयमा अप्ठ्यारोमा परेका तमू सञ्चारकर्मीहरुलाई संस्थाको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्ने बताएका थिए ।

जसको लागि विस्तृत छलफल गर्न पर्सि जेठ ८ गते सबै तमू सञ्चारकर्मीहरुबीच अनलाइन बैठक मार्फत नै छलफल गर्न सबै सदस्यहरुले सुझाव दिएका छन् ।

बैठकमा संघका उपाध्यक्ष चित्रबहादुर गुरुङ (लाला)ले तमू सञ्चारकर्मीहरुले पत्रकारितासँगै अरु वैकल्पिक पेशा पनि अपनाउन जरुरी रहेको भन्दै कोरोनाबाट बच्न र सुरक्षित रहन सरकारले अपनाएको लकडाउनलाई पूर्णरुपले पालना गर्नुपर्ने बताउनु भयो ।

यस्तै सचिव चित्र सोल्टी गुरुङ, कोषाध्यक्ष दीपेन्द्र गुरुङ, सदस्य गजेन्द्र गुरुङ, नविन गुरुङ, रोहित गुरुङ, सीता गुरुङ, खिमा गुरुङ, मणिलाल गुरुङ लगायतले लकडाउनले गर्दा सञ्चार माध्यम सञ्चालकलाई सञ्चार माध्यम चलाउन गाह्रो भएको र श्रमजीवि पत्रकारहरुलाई जागिर गुम्ने खतरा बढदै गएको भन्दै लकडाउन बढदै गए परिस्थिति अझै भयवह हुँदै जाने बताउनु भयो ।

अध्यक्ष रविन गुरुङले सबै सदस्यहरुको सुझाव महत्वपूर्ण रहेको भन्दै छिटै समस्यमा परेका तमू सञ्चारकर्मीहरुलाई संघको तर्फबाट सहयोग गर्न पहल गर्ने र संघको तर्फबाट अनलाइनको माध्यमबाटै अन्य रचनात्मक कार्यक्रमहरु पनि सञ्चालन गर्दै जाने बताउनु भयो ।

कोषाध्यक्ष दीपेन्द्र गुरुङ र सचिव चित्र सोल्टी गुरुङले प्राविधिक संयोजन गर्नुभएको अनलाइन बैठकको सहजीकरण महासचिव रोशनी गुरुङले गर्नुभएको थियो ।

यसैबीच आजै बसेको संघको बैठकले तमू धीं नेपाल ३५ वर्ष पूरा गरि ३६ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्तगर्दै आगामी दिनमा तमू धीं नेपाल र तमू सञ्चारकर्मी संघ बीचको सम्बन्ध अझै सुमधुर बन्दै जानेमा संघ विश्वस्त रहेको जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284