
तमू सञ्चारकर्मी संघद्धारा आपतकालिन राहतकोष स्थापना, समस्यमा परेका तमू पत्रकारलाई सहयोग गर्ने
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले तमू पत्रकारहरुका लागि आपतकालिन राहतकोष स्थापना गरेको छ ।

संघको हालै सम्पन्न अनलाइन बैठकद्धारा सो कोष स्थापना गर्ने निर्णय भएको संघका केन्द्रिय अध्यक्ष रविन गुरुङले जानकारी दिनुभयो ।
राहत कोषमा अर्थ संकलनको लागि अध्यक्ष रविन गुरुङको संयोजकतत्वमा कार्य समितिका सबै जना सदस्य रहने गरि समिति बनाइएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण जनजीवन प्रभावित भएपछि देश विदेशको विभिन्न ठाउँमा रहेर पत्रकारितामा क्रियाशील रहेका तमू पत्रकारहरुलाई आपत विपतमा सहयोग गर्ने उद्देश्यले सो राहत कोष स्थापना गरिएको हो ।
जुन कोषले पछिसम्म पनि विभिन्न कारणबस समस्यमा परेका तमू पत्रकारहरुलाई सहयोग गर्ने संघका उपाध्यक्ष लाला गुरुङले जानकारी दिनुभयो ।
यसैबीच संघको आपतकालिन राहतकोषमा रकम संकलन गर्ने काम शुरु भएको छ भने एक जना तमू पत्रकारलाई हालसम्म सो कोषबाट सहयोग समेत प्रदान गरि सकेको छ ।
कोषमा संघको तर्फबाट २० हजार रुपैंया बचत गरिएको छ भने काठमाडौंमा रहेको तमू बौद्ध सेवा समितिबाट २० हजार रुपैंया प्राप्त भएको छ ।
यस्तै तमू प्ये ल्हु संघ गण्डकी प्रदेशका अध्यक्ष ओम प्हच्यु तमूबाट ५ हजार रुपैंया प्राप्त भएको छ भने हङकङ निवासी मिलन फाउन्डेशनका संस्थापक दुर्गा तमू (मिलन)द्धारा पनि नगद १० हजार प्राप्त भएको छ ।
पत्रकारितामा क्रियाशील रहेका तमू पत्रकारहरुलाई राहत आवश्यक परेमा अथवा कसैले कोषमा सहयोग गर्ने इच्छा भएमा संघ अध्यक्ष तथा पदाधिकारीहरुलाई सम्पर्क गर्नुहुन समेत संघका कोषाध्यक्ष दीपेन्द्र गुरुङले आग्रह गर्नुभएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38