ताजा खबर

तमू सञ्चारर्मी संघ कास्कीको पाँचौ स्थापना दिवस ल्वाङ होमस्टेमा सम्पन्न

   २९ पुष २०७६, मंगलवार १७:४४      1,714 views

तमू (गुरुङ) सञ्चारर्मी संघ कास्कीको पाँचौ स्थापना दिवस पर्यटकीय गाउँ ल्वाङमा होमस्टेको प्रबद्र्धन गर्दै सम्पन्न भएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ होमस्टे भएको गाउँको प्रचारप्रसार गर्ने योजनाले ल्वाङ गाउँमा पुगेर सो कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तमू सञ्चारकर्मी संघका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद मिना गुरुङले ल्वाङ गाउँको होमस्टे नेपालकै उत्कृष्ट होमस्टे भएको भन्दै यसलाई अझै यसरी नै उत्कृष्ट बनाई राख्न गुणस्तीय सेवा र चुस्त व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।


होमस्टेमा आउने पर्यटकले केके गर्न नहुने वा नपाउने भन्ने नियमहरु समितिले बनाएर प्रत्येक घर र सार्वजानिक स्थलमा टास्न समेत उहाँले सुझाव दिनुभयो ।

साथै उहाँले तमू सञ्चारकर्मी प्रति आफनो सदभाव र जिम्मेवारी सधै रहिरहने भन्दै अब नयाँ पुस्तालाई पनि सञ्चार क्षेत्रमा लाग्न प्ररेणा दिने खालका कार्यक्रमहरु तमू सञ्चारकर्मीले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


यस्तै तमू सञ्चारकर्मी संघका संस्थापक संयोजक हुमबहादुर गुरुङले नयाँ भाइबहिनीहरुलाई बेलैमा सञ्चार क्षेत्रमा ल्याउन सकिएन भने अबको केही समयपछि तमू सञ्चारकर्मी संघमा नेतृत्व क्षमतामा संकट आउन सक्ने भन्दै अहिलेको युवा पुस्तालाई यस क्षेत्रमा लाग्न सबैले प्रेरणा दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा तमू सञ्चारकर्मी संघकी केन्द्रिय सचिव रोशनी गुरुङले पोखरामा तमू सञ्चारकर्मी संघ नेपालको राष्ट्रिय महाधिवेशन गर्नका निम्ती सबै एकजुट भई लाग्न अनुरोध गर्नुभयो ।


यस्तै संघकी कानुनी सल्लाहकार अधिवक्त जुनाकुमारी गुरुङले तमू सञ्चारकर्मी संघको स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना दिनुभयो ।

ल्वाङ सामुदायिक होमस्टेकी निर्वतमान अध्यक्ष हिमकुमारी गुरुङले होमस्टेमा आउने कुनै पर्यटकले बजारबाटै आफूले खाने रक्सी, मासु लगायतको खानेकुरा बोकेर आउने गरेको भन्दै गुनासो गर्नुभयो ।


पाहुनाको सेवामा आफूहरु सधैं तत्पर रहेको भन्दै गाउँमा आउने पयर्टकले पनि अनुसाशन पालना गरिदिन आग्रह गर्नुभयो ।


तमू सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक एवम् ल्वाङ गाउँका स्थायी बासिन्दा सम्राट गुरुङले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन सचिव सुरज गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284