ताजा खबर

तमू समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न

   ४ फाल्गुन २०७६, आईतवार १९:०४      1,703 views

तेज गुरुङ /कतार


तमू (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम २०२० सम्पन्न गरेको छ ।

माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्व बोकेको तमू समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।


समाजका अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपुर्व संयोजक तथा तमू (गुरुङ) समाज कतारका सल्लाहकार प्रवीण गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।


समाजका प्रथम उपाध्यक्ष खुशीमान गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो कार्यक्रममा
गत २७ डिसेम्बरमा सम्पन्न फो ल्होसार तथा स्योकैं कार्यक्रमलाई सफल बनाउन आर्थिक तथा भौतिक रुपमा विशेष सहयोग गर्नुहुने सहयोगदाताहरुलाई खादा, प्रमाणपत्र सहित क्रेगी र पछ्यौराले सम्मान गरिएको ।


त्यस्तै तमू सांस्कृतिक परिवारका वरिष्ठ नृत्य निर्देशक भीमप्रसाद गुरुङ र पच्यु खेगी टौबहादुर गुरुङ (निश्चल) लाई वहाँहरुको योगदानको कदर गर्दै क्रेगी सहित विशेष उपहार र कोसेलीले सम्मान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी प्रवीण गुरुङले शुभकामना मन्तव्य राख्दै तमू समाजले गर्दै आएका सामाजिक गतिविधिहरुको आफूले सम्मान गर्दै आएको र आफुलाई एक सामाजिक अभियन्ताको रुपमा उभ्याउन अभिप्रेरित गरेको भन्दै समाजलाई धन्यवाद दिनुभयो ।

समाजका महासचिव तेज गुरुङले औपचारिक कार्यक्रम र सचिव ज्ञानु गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवार र तमु प्ये ल्हु संघ कतारका सांस्कृतिक विभागका कलाकारहरूद्वारा प्रस्तुत विविध मनोरञ्जनात्मक प्रस्तुतिहरुसँगै नेपाली स्वादको परिकारहरुको सामुहिक भोज निकै हर्षोल्ल्लास वातावरणमा सम्पन्न भएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284