ताजा खबर

तमू समुदायको सेवामा समर्पित दिलमाया गुरुङको दिल…

   १८ श्रावण २०७६, शनिबार १८:११      1,914 views

रोशनी गुरुङ / सम्पादक मादी न्युज डटकम

नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतमा बसेर खास गरी तमू समुदायको लागि दिनरात नभनि काम गर्दै आउनु भएका दिलमाया गुरुङ आफनो काम र लगनशीलताले गर्दा देश विदेशका नेपाली माझ लोकप्रिय हुँदै जानु भएको छ ।

लमजुङको क्होला सोंथर गाउँपालिका वडा नं. ६ पसगाउँमा बाबा तेजमान गुरुङ र आमा तुलदेवी गुरुङको कोखबाट जन्मिनु भएका दिलमायालाई आफनै बाबाको कामबाट सानै उमेरदेखि नै समाजसेवामा रुचि बढेको थियो ।

बाबाले गाउँमा पञ्चायतकालको समयमा लामो समय प्रधान पञ्चको कार्यभार सम्हाल्दै गाउँ र समाजको सेवा गर्नुभयो । त्यसैले बाबाको पदचापलाई पछ्याउँदै उहाँले भौतिक रुपमा जहाँ रहेता पनि सामाजिक काममा आपूmलाई समर्पित गर्नुभयो ।


‘मानिसलाई समय र परिस्थीतिले जता पु¥याएता पनि गाउँमा जन्मे हुर्केको कारण मलाई गुरुङ भाषा, संस्कृति, भेषभूषा र हाम्रो रीतिरिवाजहरु असाध्यै मनपर्छ ।’ दिलमाया भन्नुहुन्छ ।
सन् २००५ मा श्रीमान् नन्दप्रसाद गुरुङका साथ स–परिवार हङकङ हुँदै बेलायत पुगेदेखि नै तमू धी युकेमा आबद्ध भई हरेक कार्यक्रममा सहभागिता जनाउँदै आउनु भएका उहाँले यसअघि तमू धीं लण्डन इकाईको आमा समुहको महासचिव पदमा रहेर काम गरिसक्नुभएको छ भने हाल सोहि समुहको अध्यक्ष भई काम गरी रहनुएभएको छ ।

यस भन्दा बाहेक उहाँ बुद्धिष्ट कम्युनिटी गुम्बा (बिसिसि) युकेको आमा समुहको उपाध्यक्ष, र बन्टोक नेप्लिज कम्युनिटी सेन्टर आमा समुहको पनि उपाध्यक्ष हुनुहन्छ ।
भाषणमा भन्दा कर्ममा विश्वास गर्ने दिलमायालाई धेरै बोल्न मन लाग्दैन रे बरु त्यसको सट्टा काम गरेर देखाउन मन पर्छ रे । ‘सामाजिक काममा लाग्नु भनेको आपूmले केही दिनलाई हो त्यसबाट केहि आशा गर्नुहुँदैन । मलाई लाग्छ आपूmले काम गरेपछि त्यो कामलाई सफल गरेर मात्रै छोड्नु पर्छ’ उहाँले भन्नुभयो ।


समाज सेवा गर्न सबै भन्दा पहिले घर परिवारको साथ र सहयोग आवश्यक रहेको र यसमा आफूलाई श्रीमान नन्दप्रसाद र पुरै घर परिवारको साथ र सहयोग रहेको बताउनुभयो । त्यस भन्दा बाहेक आफनो मनबाट नै आफूलाई सामाजिक काममा सर्मपित गर्छु भन्ने भावना पनि आउनु पर्छ उहाँ भन्नुहुन्छ ।

केके काम गरेका छन् त दिलमायाले समाजमा

पछिल्लो समय उहाँले गत वर्षको गोर्खा कपमा तमू धी लण्डन इकाईको तर्फबाट खानाको स्टल राखेर करिब ३ हजार पाउण्ड संस्थामा आर्थिक सहयोग गर्न सफल भएको थियो ।
यस बाहेक उहाँ तमू धी लण्डन इकाईमा आबद्ध भएदेखि नै सदस्यता वृद्धिमा जोड दिदै आउनु भएको थियो । फल स्वरुप उहाँले अहिलेसम्म २ सय जना भन्दा बढी सदस्यहरु बढाई सक्नुभएको छ ।

नेपालमा शक्तिशालि भुकम्प गएपछि अरु ठाउँमा जस्तै उहाँको जन्म थलो पसगाउँमा पनि विद्यालय भवनमा क्षति पुग्यो जुन भवनलाई पुनः निर्माण गर्न उहाँले आफनो पहलमा पस गाउँ ठाँटी मा.वि.मा ६ लाख ५० हजारको अक्षयककोष गत वर्ष नै खडा गरिदिनुभएको थियो ।
यसवर्ष भर्खरै मात्र उहाँ श्रीमान् नन्दप्रसाद गुरुङको साथमा नेपाल घर विदामा आउनु भएको मौका पारी विद्यालयको तर्फबाट ठाँटी मा.वि. पसगाउँका प्रधानाध्यापक रतनसिंह गुरुङ र लेखापाल संगीता गुरुङले यी दुवै दम्पत्तीलाई सम्मान पत्रले सम्मान गरेको छ भने अक्षयकोषको व्याज बापत प्राप्त १ लाख २५ हजार रुपैंया विद्यालयको नव निर्मित भवनको लागि खर्च गरिएको समेत प्र.अ.रतनसिंह गुरुङले सो अवसरमा जानकारी दिनुभयो ।


गत साउन ११ गते पसगाउँ समाजले एक भव्य कार्यक्रमको आयोजना गरी यहाँहरुलाई सम्मान गरेको छ । पसगाउँ तमू समाजका अध्यक्ष रामबहादुर गुरुङ, संस्थापक अध्यक्ष कपुरमान गुरुङ लगायतले मायाको चिनो सम्मान पत्र र फूलमालाले स्वागत गरेको हो ।

सो सम्मान कार्यक्रममा उहाँहरुको तर्फबाट पसगाउँ तमू समाजलाई नगद रु.६० हजार दान स्वरुप प्रदान गर्नुभयो भने तमू धि लण्डन इकाईको तर्फबाट आर्थिक अवस्था कमजोर भएकी पसगाउँ निवासी चिजकुमारी गुरुङलाई ३० हजार रुपैंया सहयोग गर्नुभयो ।

सोहि कार्यक्रममा पसगाउँमा रहेको बौद्ध गुम्बालाई पनि उहाँहरुले नगद रु. १० हजार आर्थिक सहयोग गर्नुभयो भने पसगाउँ समाजका नृत्य निर्देशकलाई पनि नगद १० हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गर्नुभयो । उहाँहरुकै सहयोगमा पसगाउँ तमू समाजका आमाहरुलाई तमू पोशाकसँग लगाउने चोलो समेत प्रायोजन गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284