ताजा खबर

तमू साँस्कृतिक प्रतिष्ठानको २०औं वार्षिक उत्वसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

   १४ चैत्र २०७७, शनिबार १७:४६      1,155 views

तमू साँस्कृतिक प्रतिष्ठान नेपालको २०औं वार्षिक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज तमू धी नेपालमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

प्रतिष्ठानका सल्लाहकार एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उच्च शिक्षा हासिल गर्दै गरेका तमू विद्यार्थी तमू स्रष्टहरुलाई सम्मान गरिएको छ ।


कार्यक्रममा पाँच दशक भन्दा लामो समयसम्म कलाकारिता तथा नाटक क्षेत्रमा योगदान पुरयाउनु भएका वरिष्ठ कलाकार बुद्धिप्रसाद गुरुङ (गौरी) लाई नगद २५ हजार सहित क्या.मिनबहादुर तमू स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।


यस्तै २०७६ सालकोको एसईई परिक्षामा सरकारी विद्यालयबाट सर्वोउत्कृष्ट अंक ल्याउन सफल सत्यवती मा.वि. तनहुँ दमौलीकी छात्रा पूजा गुरुङलाई सम्मान गरिएको छ भने पूजा गुरुङकी आमा सुकमाया गुरुङलाई प्रतिष्ठानले लालशोभा तमू उत्कृष्ट आमा पुरस्कारबाट नगद पुरस्कार सहित सम्मान गरेको छ ।


आजै लमजुङका विद्यार्थी पवन तमूलाई उच्च शिक्षा विद्यार्थी पुरस्कार र सिन्धुली स्थायी घर भइ हाल काठमाडौ निवासी फोनिजका अध्यक्ष एवं वरिष्ठ पत्रकार डण्ड गुरुङलाई सम्मान गर्ने कार्यक्रम रहेता पनि दुवै जना प्राविधिक कारणबस उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तेजबहादुर गुरुङले प्रतिष्ठान स्वच्छ मन भएका व्यक्तिहरुको लामो समयको योगदानबाट यहाँसम्म आइपुगेको बताउनुभयो ।

अब प्रतिष्ठानले शैक्षिक क्षेत्रमा हाइजम्प गर्ने तहमा पुगिसकेको भन्दै तमू विद्यार्थीहरुलाई सरकारी निजामती सेवमा पनि प्रवेश गर्नका निम्ती प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमूहरुले निश्चित उद्देश्यमा केन्द्रित हुने हेतुले विभिन्न संघ संस्था खोलेको भन्दै एकले अर्कोलाई सहयोग गर्दै अघि बढनुपर्ने बताउनुभयो । साथै उहाँले अहिलेसम्म तमूहरुले राज्यलाई धेरै दिएको भन्दै अब राज्यसँग लिएर सामाजिक काम गर्ने बताउनुभयो ।

तमू धीं नेपालको नयाँ बन्न लागेको सामुदायिक भवनमा सबै तमू संघ संस्थालाई कार्यालय प्रायोजनको निम्ती अवसर दिइने उहाँले बताउनुभयो ।


कार्यक्रममा तमू धीं युकेका पुर्व अध्यक्ष मेजर डमर घले, तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, विद्यार्थी हासिला गुरुङ लगायतले बोल्नु भएको थियो भने विद्यार्थी रेनु गुरुङले कविता वाचन गर्नुका साथै प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि उच्च शिक्षा हासिल गरिरहेका तमू विद्यार्थीहरुबाट विभिन्न नृत्य प्रस्तुुुत गरिएको थियो भने हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले पनि सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।


प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव भेष गुरुङले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284