ताजा खबर

तमू साँस्कृतिक प्रतिष्ठानले माघ ३० गते २४औं वार्षिकोत्सव मनाउने

   २८ माघ २०८१, सोमबार २०:२५      129 views

पोखरा
तमू साँस्कृतिक प्रतिष्ठान नेपालले यही माघ ३० गते आफनो २४औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल प्रतिष्ठानले विषेश गरी ग्रामिण भेगमा अध्ययन गरिरहेका गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिष्ठानले यसवर्ष आफनो वार्षिकोत्सवको अवसर पारेर विभिन्न स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । जस अनुसार पार्वता तमू स्मृति पुरस्कारबाट चलचित्रकर्मी माओत्से तमूलाई नगद १० हजारद्धारा सम्मान गरिने भएको छ ।

यस्तै क्या.मिनबहादुर तमू (डाँफे बुढा) सिनियर पुरस्कारबाट संस्कृतिकर्मी कर्णबहादुर तमूलाई नगद २५ हजारद्धारा सम्मान गरिने भएको छ भने प्रतिष्ठानले स्थापना गरेको उच्च शिक्षा अवार्डबाट सम्राट तमूलाई नगद २० हजारद्धारा सम्मान गरिने भएको छ । यस्तै लालशोभा उत्कृष्ट आमा अवार्डबाट यसवर्ष लमजुङको क्होलासोंथर गाउँपालिका स्थित भुजुङमा रहेको त्रिभुवन मा.वि. कक्षा १२ मा ३.५५ जि.पि.ए. प्राप्त गरी उत्रिर्ण हुन सफल विद्यार्थी चित्रकाशी तमूका आमा तसकुमारी तमूलाई नगद २० हजारद्धारा सम्मान गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमूले जानकारी दिनुभएको छ ।

यसवर्ष प्रतिषठानले बेलायतलाई आफनो कर्मथलो बनाएर विभिन्न सामाजिक काममा क्रियाशील ३ जना व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गर्ने भएको छ । जसअनुसार संस्कृतिविद् एकेन्द्र तमूलाई शिक्षा, साहित्य एवम् समाजसेवा, सुर्य तमू र हरि तमूलाई सामाजिक सेवा विधामा विशेष सम्मान गर्न लागेको हो ।


गण्डकी प्रदेशसभाका सांसद गणेशमान तमूको प्रमुख अतिथ्यतामा सम्पन्न हुन लागेको कार्यक्रम पोखरा वीरेन्द्रचोक स्थित भमरकोट पार्टी प्यालेसमा आयोजना हुनेछ ।


वि.सं. २०५८ सालमा स्थापित प्रतिष्ठानले हालसम्म ४ सय ४८ जना गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ । करिब ५२ जना संस्थापक सदस्य रहेको यस प्रतिष्ठानमा देश विदेशमा गरी १ सय ७९ जना आजीवन सदस्य र २ जना मानार्थ सदस्य रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284