ताजा खबर

तरेली साँस्कृतिक परिवारको स्वागत सम्मान कार्यक्रम

   ८ भाद्र २०७६, आईतवार ०७:४१      2,025 views

हुम तमु ,

कला र सँस्कृतिको संरक्षण एवम सम्वद्र्धनमा क्रियाशील तरेली साँस्कृति परिवारले एक कार्यक्रम आयोजना गरी संस्थाका आजीवन सदस्य तथा मानार्थ सदस्यहरुलाई स्वागत र संस्थापकहरुलाई सम्मान गरेको छ।

२०५८ सालमा स्थापित भई पोखरा १०, अमरसिंहचोकमा कार्यालय रहेको तरेलीले आफ्ना करिब ५० ना आजीवन र मानार्थ सदस्यलाई स्वागत गरेको हो।

कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रा सोसाईटी कास्कीका सभापति तथा प्यावब्सनका केन्द्रीय सदस्य डोलराज पाण्डे र तरेलीका अध्यक्ष राजबहादुर गुरुङले आजीवन र मानार्थ सदस्यता वितरणसहित, संस्थापकहरुलाई सम्मानपत्र, माला र अबीर लगायत स्वागत सम्मान गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि डोलराज पाण्डेले सँस्कृति राष्ट्रकै सम्पत्ति भएकाले संरक्षण र विकासका लागि राज्यसँगै सबैको पहल हुनुपर्ने बताउनुभयो। विविधतालाई जोड्ने सँस्कृतिको सर्जक तरेली साँस्कृतिक परिवारलाई प्रगतिको कामना गर्दै पछिल्लो समय राज्यले सँस्कृतिको सम्मान गर्न थालेको उहाँको भनाई थियो। सँस्कृति संरक्षण र विकासका लागि राज्य पनि योजनावद्ध ढंगले जुट्न थालेकोमा खुशी व्यक्त गर्नुहुदै सँस्कृति समुदायकै सिर्जना र साझा फूलवारी भएको पाण्डेले बताउनुभयो।

तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार मनकुमार श्रेष्ठ, मानार्थ सदस्य तथा सल्लाहकार पद्यराज ढकाल, आजीवन सदस्य तथा सल्लाहकार हुमबहादुर गुरुङ, संगम सहकारीका अध्यक्ष निरज थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष राजबहादुर गुरुङले तरेली साँस्कृतिक परिवारका बारेमा जानकारी गराउनुभएको थियो भने स्वागत सहसचिव घनश्याम पुन र संचालन सचिव रबिन गुरुङले गर्नुभएको थियो।

उक्त कार्यक्रममा तरेली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284